महोत्तरी – महोत्तरीको बर्दिबास उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि सम्पन्न निर्वाचनमा दिपक कार्की नेतृत्वको डमरु समूहका उम्मेदवारहरूले प्यानल सहित नै विजयी हासिल गरेका छन्।
अध्यक्ष पदमा दिपक बहादुर कार्की (डमरु) ८२८ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी उत्तम कुमार श्रेष्ठ (कलश) ले ५५७ मत प्राप्त गर्नुभएको छ।प्रथम उपाध्यक्षमा रंजित राज ढुंगाना (डमरु) ८४९ मतसहित विजयी हुँदा नारायण कुमार घिमिरे (कलश) ले ५०४ मत प्राप्त गर्नुभयो। द्वितीय उपाध्यक्ष पदमा रामनाथ साह (डमरु) ७४३ मतसहित विजयी हुनुभयो भने उमेश कुमार महतो (कलश) ले ६०१ मत ल्याउनुभयो।




महिला उपाध्यक्षमा ज्ञानु बलम्पाकी आले (डमरु) ७६९ मत सहित विजयी हुनुभयो। उहाँकी प्रतिस्पर्धी देवकुमारी पौडेल (कलश) ले ५५९ मत प्राप्त गर्नुभयो।महासचिव पदमा केदार गौतम (डमरु) ८१७ मतसहित विजयी हुनुभयो भने शैलेश दाहाल (कलश) ले ५३६ मत प्राप्त गर्नुभयो। कोषाध्यक्षमा सुरेन्द्र राज लामा (डमरु) ७२९ मतसहित विजयी हुँदा सुरज खड्का (कलश) ६२० मतमा सीमित हुनुभयो।

सचिव पदमा रिमनाथ अधिकारी (डमरु) ७०० मतसहित विजयी हुनुभयो भने यादव प्रसाद पोखरेल (कलश) ले ६३० मत प्राप्त गर्नुभयो। सह–कोषाध्यक्ष (महिला) पदमा संगम कुमारी आले (डमरु) ८२९ मतसहित विजयी हुनुभयो, जहाँ बिष्णु लामा (कलश) ले ४९० मत ल्याउनुभयो।महिला सदस्यतर्फ चार पदका लागि भएको प्रतिस्पर्धामा डमरु समूहकै संगीता यादव (७४६), सुनिता कुमारी साह (७३४), रेणु कुमारी पाँचे (७५५) र तृष्णा श्रेष्ठ (७६९) विजयी हुनुभयो।

त्यसैगरी, पुरुष सदस्यतर्फ पाँच पदमा पनि डमरु समूहकै उम्मेदवारहरू विजयी भएका छन्। विजयी हुनेहरूमा राम एकवाल महतो (७४९), प्रज्जवल बस्नेत (७९६), नसिफ नदाफ (६८७), वीर बहादुर पौडेल (७५३) र जुक बहादुर समाल (६९३) रहेका छन्।निर्वाचन परिणामले संघमा डमरु समूहको पूर्ण बहुमतसहित नयाँ नेतृत्व चयन भएको छ।
तस्बीर :

बर्दिबास उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनमा दिपक कार्की नेतृत्वको डमरु समूहका उम्मेदवारहरूले प्यानल सहित नै विजयी हासिल गरेपछि समर्थकहरुले निर्वाचितहरुलाई अबिर माला तथा खादा लगाइ खुशीयाली मनाउँदै ।










