माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईमा नियमिततर्फ दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५सय ७ नन्ग्रेडेड भएको जानकारी दिनुभयो । गएको चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षामा पाँच लाख १२ हजार ४ सय २१ सहभागी थिए ।



ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै, बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ ।




