सुजाता राई
विराटनगर महानगरपालिका–११ स्थित पिचरा चोकमा शनिबार श्रमदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा श्रमदाताहरूले सामूहिक रूपमा श्रम गर्दै सरसफाइ तथा सामाजिक सेवामा योगदान दिएका छन् ।



कार्यक्रमका क्रममा श्रम संस्कृति पार्टीका नगर अध्यक्ष रामप्रसाद राईले श्रम संस्कृतिको महत्व र सामाजिक विकासमा श्रमदानको भूमिकाबारे आफ्नो धारणा राखेका थिए।
श्रमदानका क्रममा सहभागीहरूले गरेको काम तथा नगर अध्यक्ष राईले धारणा राख्दै गरेको दृश्यलाई तस्बिर तथा भिडियोमा समेटिएको छ।





