महोत्तरी – तत्कालीन जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक यादव पक्राउ परेका छन् ।
प्रहरीका अनुसार २०८२ साल असारमा तत्कालीन एसपी खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको थियो ।



मुद्दा दर्ता भएपछि फरार रहँदै आएका यादवलाई सोही मुद्दामा प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




