नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत आज पनि पालिका अधिवेशन जारी छ।
हिजोका लागि तोकिएको अधिवेसन तालिका अनुसार देशभरका ७५३ पालिकामध्ये ५१२ पालिकाको अधिवेशन प्रक्रिया सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।



उनका अनुसार प्रकृया सुरु भएका पालिकाहरुमा आज सम्पन्न हुनेछ। कतिपय पालिकामा भने हिजो नै नयाँ नेतृत्व चयन भइसकेको छ।
पालिका अधिवेशन सुरु हुन बाँकी २४१ पालिकामा आज र भोलि अधिवेशन प्रक्रिया सञ्चालन हुने कटुवालले जानकारी दिए।




