महोत्तरी । बर्दिबासमा रहेको सत्कर्म कृषि सहकारी संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले सभाको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले बर्दिबासका कृषि सहकारीले निर्वाह गर्नुपर्ने भूमिका उल्लेख्य रहेको बताउँदै नगरसँग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो। नगरले बर्दिबासको कृषि विकासका लागि सहकारीसँग हातेमालो गर्दै अघि बढ्नेमा उहाँले जोड दिनुभयो।




वि.सं. २०७४ साल जेठ ७ गते स्थापना भएको यस सहकारीले विगत ९ वर्षदेखि आफ्ना शेयर सदस्यहरुका लागि आवधिक बचत (१, २, ३ वर्षे), मासिक बचत, नियमित बचत, बाल बचत, क्रमिक बचत, ऐच्छिक बचत, खुत्रुके बचत र दैनिक बचत सेवा प्रदान गर्दै आएको छ। साथै कृषि, व्यापार, शैक्षिक र कर्मचारी ऋण लगायतका सेवा समेत प्रदान गर्दै आएको व्यवस्थापक अम्बिका बानियाँले जानकारी दिनुभयो।

सभामा सञ्चालक समितिका अध्यक्षद्वारा तयार गरिएको वार्षिक प्रतिवेदन, सचिव र कोषाध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
प्रस्तुत प्रगति प्रतिवेदन अनुसार संस्थाको हालसम्मको शेयर पुँजी रु. ६५ लाख ८७ हजार २००, कुल निक्षेप रु. ५ करोड ५१ लाख ९२ हजार ३३१ रुपैयाँ ९६ पैसा, ऋण लगानी रु. ४ करोड ६२ लाख १० हजार ५२३ र जगेडा तथा अन्य कोषमा रु. ६५ लाख ८५ हजार ९०८ रुपैयाँ ५५ पैसा रहेको छ। संस्थाको कुल दायित्व तथा सम्पत्ति रु. ८ करोड १७ लाख ७४ हजार ७७९ रुपैयाँ ४३ पैसा रहेको छ। हाल संस्थामा कुल १५६४ जना शेयर सदस्य रहेका छन्, जसमा पुरुष ८२६ र महिला ७३८ जना रहेका छन्।

साधारण सभाको अवसर पारेर संस्थाले विभिन्न विधामा सम्मान समेत गरेको छ।
सम्मानित हुनेहरुमा जेष्ठ शेयर सदस्य : बर्दिबास-१४ निवासी ९३ वर्षीय रत्नमाया राक्से र बर्दिबास-५ निवासी ७४ वर्षीय दान बहादुर खड्का , जेहेन्दार छात्र/छात्रा :* बर्दिबास जनता मा.वि.मा अध्ययनरत अर्चना सदा र खुश्वु सदा, उत्कृष्ट बाल बचतकर्ता :* बर्दिबास-६ का सुवर्ण संगौला र बर्दिबास-१४ की चाँदनी भुजेल
नियमित बचतकर्ता : लक्ष्मी पौडेल, चन्द्रमाया श्रेष्ठ, सुमित्रा अधिकारी, चण्डिका भट्टराई, रन्जिता थापा, भरत बहादुर भुजेल र शान्ता भुजेल , उत्कृष्ट कारोबारकर्ता :* जनक बहादुर खपांगी, कमल बहादुर क्याप्छाकी, इन्दीरा क्याप्छाकी, पुर्णमाया भुजेल, पार्वती खत्री घिमिरे, सनिता पूर्वछाने र मदन सुन्दास
उत्कृष्ट कर्मचारी : शर्मिला खतिवडा
सभामा सञ्चालक समिति, लेखा समिति, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।






