सिन्धुली ,गोलन्जोर गाउँपालिका –०७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार २ बजेतिर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।



घाइतेहरूको विवरणः
१) चालक जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०८ बस्ने दीपक कुमार दास,
२) जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०७ बस्ने १७ वर्षीया रानी कुमारी मण्डल,
३) जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १४ वर्षीय पियुष गोहित,
४) जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १५ वर्षीय आयुष गोहित,
५) जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १२ वर्षीया रुबी गोहित,
६) जिल्ला ललितपुर भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह,
७) प्रियाङ्का साहकी १६ वर्षीया छोरी जेनी साह,
८) प्रियाङ्का साहकी ११ वर्षीया छोरी सफलता साह,
९) प्रियाङ्का साहकी ३ वर्षीया छोरी ओमी साह ।
कपिड




