
धनुषा- मिथिलाञ्चल क्षेत्रका नव विवाहिता महिलाहरुको रोमाञ्चक मधुश्रावणी पर्व आज बुधवार विधिवत रुपले सम्पन्न भएको छ ।
नवविवाहिता युवतीहरुले १५ दिनसम्म मनाएको यो पर्व साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथि शुरु भएर आज शुक्लपक्ष तृतीयाका दिन विधिपूर्वक विशेष पूजापाठ गरेर कथा सुनी समापन गरेका हुन् ।

दुई साता अघि साउन १३ गते बुधवारदेखि विधिवत सुरु भएको उक्त पर्वको समापन नव विवाहित जोडीले गौरी, महादेव तथा विषहरा(सर्प)को विधिवत पूजा गरेर सम्पन्न गरेका हुन् ।
यस पर्वको मुख्य आयोजन भनेको फुललोढी (फूलवारीबाट फुल संकलन गर्ने विधि) मंगलवार सन्ध्या नै सम्पन्न भएको थियो । समापनका दिन नव विवाहिताको घुंडामा बलिरहेको दियोले डाम्ने (पोलि दिने)चलन छ ।यसलाई टेमि दिने भनिन्छ। यस विधिमा श्रीमान्ले आँखा छोप्छन् अनि घर परिवारका अन्य महिलाहरु दुबै घुंडामा पानको पात राखी बलिरहेको दियोले डाम्ने गर्छन् ।

भनिन्छ नव ववाहिताको घुंडामा जति ठूलो फोंको उठ्छ,उसको भाग्य त्यतिकै राम्रो हुन्छ । उसको श्रीमान त्यतिकै दीर्घायु हुन्छन् । यद्यपि यो उपक्रम कष्टशाध्य छ तर नवविवाहिताहरु वडो उत्साहका साथ यस विधिमा सहभागी हुन्छन् । यस विधिको आयोजन गर्ने बेलामा परिवारका अन्य महिलाहरु लोकभाकामा मधुर गीत गाएर दुःख विर्साउने गर्ने गरेका हुन्छन् ।
’कमल नयनपर पानक पटदय नागर जखन हे झाँपय । बद्ध करी हाथ कमल कर वाती, देखि सगर तन कापय । आजु सुहागिनी सहमलि बैसलि मुख किए पडलि उदासे । बड अजगुत थिक मधुश्रावणी विधि परम कठिन ईहो रिते ।।’ अर्थात मधुश्रावणी पर्वको यो विधि अत्यन्त कठिन छ । अचम्म लाग्दो छ ।
केही महिला अधिकारकर्मीहरुलाई यस सांस्कृतिक विधानलाई महिला हिंसासंग जोडेर व्याख्या गरे पनि वरिष्ठ पत्रकार तथा संस्कृतिविद रामभरोस कापडी ‘भ्रमर’ भने यस विधिलाई मिथिला संस्कृतिको उत्कर्ष मान्छन्’ , यो महिला हिंसा होईन , गृहस्थी जीवनमा प्रवेश गरेकी महिलाको सजिलो परीक्षा हो । परिवारको जिम्मेवारी वहन गर्ने क्रममा जुनसुकै समस्याको पनि सामना गर्न सक्छु भन्ने आत्म विश्वास जागृत गर्न यस पर्वको आयोजन गरिएको हो’ कापडीले बताउनुभयो ।
थिलाञ्चलका ब्राह्मन र कायस्थ लगायतका केही जातिका नव विवाहिताहरु प्रत्येक वर्ष श्रावणकृष्ण पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मनाउँने गर्छन् ।
मधुश्रावणीको प्रारम्भसंगै व्रति महिलाहरु नजिकको वाग वगैचाबाट सन्ध्या फूल बुट्यान संकलन गर्ने अनि त्यसैबाट विहान वेलुका पूजा गर्छन् । यस अवधिमा जनकपुरको रामजानकी विवाह मण्डप, राममन्दिर अगाडीको फूलवारी, याज्ञवल्क्य संस्कृत विद्यालय परिसर सहितका फूलवारीहरुमा महिलाहरुको चहल पहल निकै बढेको थियो ।
यस पर्वको सबभन्दा आकर्षक पक्ष भने ’फूललोढव’ अर्थात फूल संकलन गर्नु हो । सोह्र श्रृंगारमा सजिएकी नव विवाहिताहरु आ-आफ्ना साथी सहेलीसंग नित्य अपरान्ह फूल संकलन गर्न जान्छन् । मधुर गीत गाउँदै घरबाट निस्किने मैथिलानीहरुको यो टोली नजिकको वाग वगैचा वा फूलवारीमा पुगी विभिन्न जातिका फूल,पात र वुट्यान संकलन गर्छन । संकलित फूल-पातलाई आकर्षक ढंगले डालामा सजाउँछन । यस क्रममा मधुर लोकगीतको अटूट निरझरनी प्रवाहित भई रहन्छ ।
नवविवाहित जोडीलाई पर्वको अवधि भर विषहर(सर्प)को जन्म, विहुलाको कथा, मंगला गौरीको कथा, पृथ्वीको जन्म, समुद्र मंथन, सतीको कथा, महादेव परिवारको कथा, गौरी जन्म, गौरी तपस्या, गौरी विवाह, वाल वसन्त, गणेश जन्मआदिका कथा श्रवण गराईन्छ । कथाहरुको माध्यमले नव विवाहित जोडीलाई घर- गृहस्थीको विषयमा जानकारी गराईन्छ । विधकरी (पूजा विधि सिकाउने महिला)ले नवजोडीलाई यौन शिक्षा समेत दिने गर्दछन् ।
मिथिला संस्कृतिको जानकार पूनम चौधरीको अनुसार व्रतालु महिलाहरुले यस अवधिमा प्रयोग गर्ने लत्ता, कपडा तथा अन्न समेत ससुराली (युवती विहे गरेर गएको घर)बाटै आउँछन् । यद्यपि मधुश्रावणी पर्व मैथिल ब्राह्मण, कायस्थ लगायतका केही जातिमामात्र सिमीत छ तर यस पर्वको प्रभाव सिंगै समाजमाथि देख्न सकिन्छ । तर अन्तरजातीय विवाह गर्ने केही महिलाहरु पर्व मान्न इन्कार गरेको संस्कृतिविद कापडी भन्नुहुन्छ।
खास गरेर मिथिलामा बसोबास गर्ने ब्राह्मण, कायस्थ, सोनार, लोहार र कथवनीया सहितका जातका नव विवाहित कन्याले मधुश्रावणी पर्व मनाउने चलन रहेको छ ।
मधुश्रावणी पर्व अवधिभरिमा मिथिलाका गाउँ गाउँ सङ्गीतमय बन्ने गरेको छ भने नव विवाहित कन्याले सजिएर हस्सि ठट्टा गर्दै फूल टिप्ने काम गर्ने गरेकाले मिथिलाञ्चलको रौनकता निक्कै बढेको हेर्न सकिन्छ ।
बढ्दो सहरीकरण तथा आधुनिकतासँगै यसमा केही कमी आए पनि मिथिलाञ्चल क्षेत्रमा यो परम्परालाई शहरी क्षेत्रमा पनि निरन्तरता दिने काम भएको छ । गाउँमा त अझै भव्यताका साथ मनाउने गरिन्छ । नव विवाहित कन्या तथा श्रीमानका बीचमा रहेको सम्बन्धलाई मधुश्रावणी पर्वले अझै प्रगाढ बनाउने विश्वास गरिन्छ ।
यसमा भएका कतिपय गलत परम्परामा सुधार भएर आज अन्तिम दिन टेमी दाग्ने चलन रहे पनि अहिले यसमा कमी आएको छ । यसलाई महिला हिंसाको रुपमा लिन थालिइएको छ श्रीमान्ले श्रीमतीको तिघ्रामा टेमी दाग्ने चलन रहेकामा यसको श्रीमानबाट नै विरोध भएपछि रोकिन थालेको छ ।
यस्तो मधुश्रावणी पर्वको विधि विस्तारमा
माता गौरीलाई मिथिलामा अटल सौभाग्य प्रदान गर्ने देवीको रुपमा पूजा गर्ने गरिन्छ । मधुश्रावणी पर्वका लागि नवविवाहिता महिला श्रावण कृष्ण चतुर्थीको दिन नुहाई धुवाई गरी चोखो हुने गर्छन् ।

सोही दिन दिउँसोमा नवविवाहिता महिलाहरुका साथै टोल छिमेकका अन्य महिलाहरु मिथिलाका विभिन्न लोक गीतहरु गाउँदै, हँसी ठट्टा गर्दै फूल टिप्न जाने गर्दछन्, जसलाई मिथिलामा फूललोढ़ी भन्ने गरिन्छ । टिपिएका फूल तथा बेलपत्रहरु भोलिपल्ट माता गौरी र महादेवलाई चढाउने गरिन्छ । यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा रहेको छ । त्यसपछि साँझमा माता गौरीका लागि नैवेद्य तयार गरिन्छ, त्यस समय बेसारलाई माता गौरीको प्रतिक प्रतिमास्वरुप बनाएर पानको पातमा राख्ने गरिन्छ जसलाई मैथिली भाषामा गौर भन्ने चलन छ ।
यसका लागि छिमेकी महिलाहरुलाई निम्तो दिईन्छ र महिलाहरुले मधुश्रावणीमा हुने विभिन्न विधि विधानहरुको महत्व र विशेषता झल्किने खालका लोक गीतहरु गाउने गर्दछन् ।
यस पर्वमा मिथिलाको लोक गीतहरु गोसाउनि गीत, गौरीगीत, शिव नचारी, महेशवाणी, कोहबरगीत आदि गाईने गरिन्छ । मधश्रावणीमा गौरी र महादेवको पूजा गर्ने भएकाले शिव-पार्वतीको पारिवारिक परिवेश सम्बन्धी आख्यानहरुको चर्चा गर्ने गरिन्छ । जसले गर्दा पूजाको समय मनोरञ्जनात्मक परिवेशको निर्माण हुने गर्दछ ।
गौरी नैवेद्य र गौरीको प्रतिमा नवविवाहिता महिलाको माईती र ससुराली दुबै ठाउँ बनाईने गरिन्छ । यो पर्व खास गरि माईतीमै मनाईने भएकाले ससुरालीमा बनाईएको गौरीको प्रतिक र गौरीको नैवेद्य पूजाको दिन पूजास्थानमा राखिने गरिन्छ । यस अवसरमा नवविवाहिताको ससुरालीबाटै साड़ी, श्रृंगारका सम्पूणर् सामग्रीका साथै १५ दिनसम्मका लागि अनाज समेत पठाउने चलन रहेको छ । मधुश्रावणीमा १३ दिनसम्म गरिएको पूजामा एकत्रित गरिएको फूल अर्थात निर्माललाई अन्त्यमा विसर्जन गरिने प्रावधान रहेको छ । साउन शुक्लपक्षको तृतीया तिथिका दिन मधुश्रावणी पर्व समापन गरिन्छ ।
तृतियाभन्दा एक दिन पूर्व व्रतालु बेहुली (चोखो हुनु) नहाएखाए गरेपछि सोही दिन साँझ फेरी गौरी नैवेद्य पकाउँछन् । सोही दिन नवविवाहिताहरु टेमी विधिमा शामिल हुन्छिन् । टेमी विधिमा दियोको बात्तीले नवविवाहितालाई गोडामा पोलिन्छ । बेहुलीको देब्रे गोडामा बात्तीले स्पर्ष गराइन्छ । स्पर्ष गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ ।
यसमा पोलिएको ४ स्थानमध्ये एक वा तीन स्थानमा घाउ आए श्रीमान्ले भविष्यमा अझै बढी माया गर्ने भन्ने विश्वास रहेको छ । तर नवविवाहिता महिला गर्भवती रहेको पाईए उनीहरुलाई शीतल टेमी दिईन्छ ।
यस्तो छ मधुश्रावणी पर्वको महत्व
पर्वले लिने समयको हिसाबले यो पर्व मिथिला क्षेत्रको सबैभन्दा लामो अवधिको पर्व हो । भगवान् शंकरलाई मिथिला क्षेत्रमा त्रिभुवननाथ भनि आस्थाका साथ पूजा गरिन्छ । आशुतोष शंकर मनोवाञ्छित फल पद्रान गर्ने देवताको रुपमा पूजित छन् । मधुश्रावणी पर्वमा विशेष रुपमा नाग देवतालाई विषहराको नामले पूजा गर्ने गरिन्छ ।
विषहरालाई महादेवको सन्तति सरह मानिएकोले यो पर्व गर्नाले सर्पको भय नहुने र भगवान शंकर समेत प्रसन्न हुने जनविश्वास रहेको पाइन्छ ।
मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट समेत महत्वपूणर् रहेको पण्डित लालबाबु झाले बताउनुभयो । झाले भन्नुभयो, ‘पर्व अन्तर्गत वाचन गरिने कथाहरुमा सृष्टितत्व, पृथ्वीको जन्म आदिको वणर्न पाइनुका साथै जीवन, प्रारब्ध, कमर्पmलको भोग, पुनर्जन्म इत्यादि गम्भीर विषयहरुलाई समेत लोककथाको माध्यमले सुनाइने गरिन्छ ।’

पुरोहित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्व सामाजिक दृष्टिकोणले समेत अति नै महत्वपूणर् रहेको छ । पर्वका कथाहरुमा भगवान शंकरको पारिवारिक जीवन सम्बन्धी कुराहरु, विवाह, भगवान शंकर र माता गौरीको दाम्पत्य जीवनको प्रसंगका साथै समाज र परिवारमा ईष्र्या, द्वेष, सेवा, सहिष्णुता, सहयोग, सम्र्पण, काम (वासना), मनोरञ्जन, दाम्पत्य प्रेम, पारिवारिक कर्तव्यबोध इत्यादिको वणर्न गरिएको हुनाले यो पर्व शिक्षाको दृष्टिले समेत महत्वपूणर् रहेको झाले बताउनुभयो ।