महोत्तरी। आश्विन सङ्क्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ ।
आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।महोत्तरी लागएत आज देशभरीका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापातकाले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् । झण्डै २ वर्ष देखि कोरोनाका कारण बस र कलकारखाना बन्द भएका थिए अबकेहि दिन देखि नै कलकारखाना र लामो दूरीका सार्वजनिक गाडी चलन्थालेका छ्न ।आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायी र कलकारखाना संचालकले बताएका छन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।