महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरामा आज ब्रहमस्थान मन्दिरको उद्घाटन गरिएको छ ।
हिन्दु परम्परा अनुसार गाउँको प्रमुख रक्षकको रुपमा मानिने ब्रहम्स्थान (देउता) मन्दिरको उद्घाटन गरेका हुन सडक बिस्तारको क्रममा पुरानो मन्दिर भत्काइएको थियो ।
९ सदस्यीय मन्दिर निर्माण समिति गठन गरि चन्दा संकलन मार्फत स्थानीयबासिन्दाले मन्दिर निर्माण गरेका हुन् ।
मन्दिर निर्माणमा बर्दिबास उधोग बाणिज्य संघका अध्यक्ष प्रलाद कुमार क्षेत्री, बर्दिबास नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष श्याम प्रसाद राउत र सम्पूर्ण गाउँबासी को आर्थिक सहयोगमा मन्दिर निर्माणको काम सम्पन्न भएको छ ।




