महोत्तरी,गौशाला।जनमत पार्टीका कार्यकर्ताहरुले किसानलाई आवश्यक मलखाद्य उपलब्ध गराउन स्थानीय सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउन थालेका छन् ।किसानहरुलाई गहुँ खेतीको लागि अत्यावश्यक रहेको मलखाद्य अविलम्ब व्यवस्था गर्न उनीहरुले स्थानीय सरकारमाथि दबाब बनाउन थालेका हुन् ।
सोमवार महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोलाई जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले ज्ञापन पत्र बुझाएको हो ।पार्टीको गौशाला नगर अध्यक्ष जोगिन्द्र साहको नेतृत्वमा नेता कार्यकर्ताहरुले नगरप्रमुख अनुपस्थित भएपछि प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापा मार्फत ज्ञापनपत्र बुझाएको हो ।
समयमा मलखाद्य र वीउको व्यवस्था गर, सिचाइको व्यवस्था गर, नसके सिचाई विजुली निशुल्क गर, उखु किसानको भुक्तानी गर, किसानलाई पनि पेन्सनको व्यवस्था गरलगायतको विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरप्रमुखलाई बुझाएको पार्टीका नगर अध्यक्ष साहले जनाए ।
उनीहरुले नगरप्रमुखलाई बुझाएको ज्ञापनपत्रमा देशभरी नै चलिराखेको किसान आन्दोलनका मागहरु सम्बोधन गर्न एक्यबद्धता जनाईदिन पनि अनुरोध गरेको छ ।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले संघिय संरचना अनुसार तीनै तहमा किसान आन्दोलन संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका छन् ।
पार्टीले सिरहाबाट सुरु गरेको किसान आन्दोलन अहिले देशको विभिन्न भागमा फैलिएको छ । मधेशका विभिन्न जिल्लाहरु लगायत संघिय राजधानी काठमाडौंमा समेत किसान आन्दोलनको नाम दिएर पछिल्लो समय दिनहुजसो प्रदर्शनहरु भइरहेको छ ।