“कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग?
कौनतालपर गोरिया नाचे कौन तालपर हम?
जोगीरा सर र र !!!”
( कुनतालमा ढोलक बज्छ, कुनतालमा मृदंग, कुनतालमा कान्छी नाच्छे कुनताल म)
वसन्तऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्ममिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमागाइने यस्तै माधुर्य र प्रेम भावभएको होलीगीतगाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ ।होलीमागाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ।



मिथिलाञ्चलमागाइने यस प्रकारको जोगिराले होलीपर्व खेल्नेहरुबिच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्चार हुने संस्कृतिविदकिशोरी साह बताउनुहुन्छ। उहाँले भन्नुभयो, ‘होलीपर्व र संगीतबिचगहिरो सम्बन्ध हुन्छ। संगीतबिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होलीपर्व मन भित्र रहेको कुण्ठित विचारलाई समाप्तपार्ने पर्व हो।’
मिथिलानगरपालिका– २नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावनमहतोपुर्खौलीबाजा मृदङ्गबजाई फागु गीतजोगिरा गाउननपाएकामादु:खीमनले भन्नुभयो, ‘पहिले पहिले यस्ता फागु गीतजोगिरा वसन्तऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्मगाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमनभएको बारे गीतगाएर जानकारी दिने परम्परा थियो तर अहिले गीतगाउने बूढापाकाको कमीभएकाकारण न त त्यतिमात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागुगीत नै गाइन्छ ।’
‘यसपालिको होलीमुखमाआइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्न् !’ वर्षौंदेखि जोगिरा गाउँदै आएकाक्षीरेश्वरनाथनगरपालिका–५ महेन्द्रनगर कुचाईटोलका७२ वर्षीय रामसागर ठाकुरले बताउनुभयो ।
ठाकुरले भन्नुभयो,‘मेरा समूहका धेरै साथीको मृत्यु भईसक्योे, कोही बुढा भएर थलिएका छन, अझै गाउने त रस छ, तर साथदिने कोही छैनन्।’
वसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि धनुषा सहितकामिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृतिलोप हुने स्थितिमा पुगेको छ। ठाकुरले आफ्नै शैलीमाजोगिरा सुनाउनुभयो ,
किनका के हाथकनकपिचकारी,
किनका के हाथअबीर झोरी ?
रामजी के हाथ मेंकनकपिचकारी,
सियाजी के हाथअबीर झोरी‘!!
जोगिरा..सररर..!!’
(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमाअबीरको झोला? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमाअबीरको झोला) पौराणिक गाथाकाविषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिलीभाषामागाइने जोगिरा (फागु गीत) अबमिथिलाञ्चलमा सुनिन छाडेका छन्।
होलिया (फागु गीतगाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकीनवयौवनामिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिकपर्दा उघारेर बाहिर नाच्नआउँआउँलाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुरानाहोलिया बताउँछन्।
सामाजिक छुवाछूत, ठूला सानाजात र भिन्नभिन्नधर्मसंस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमालगर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होलीपर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंगजोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्नथालेपछि मैथिलीमौलिकता हराउँदै गएको नेपालपत्रकार महासंघ मधेस प्रदेशकाअध्यक्ष राजेश कर्णले चिन्ताव्यक्तगर्नुभयो ।
ख्यालठट्टा गरिने नाताबीचकानवयौवनामात्रनभइहोलियाबीच नै ठट्टा गर्ने नाताबीचहुने जोगिराको कटाक्ष पनिकममनोरञ्जक छैन।
मिथिलाञ्चलमाबसन्तपञ्चमीदेखि होलीगीत (जोगिरा) शुरु भएर मिथिलामाध्यमिकी परिक्रमाको सातौँ दिनमहोत्तरीको भंगाहानगरपालिका–९ कञ्चनवनमायात्रीले एकापसमा रङ अबीर खेलेपछि होलीपर्व मनाउनथालिने परम्परा छ। त्रेतायुगमाभगवान र सीताले यहाँहोली खेलेकाधार्मिक विश्वास रहि आएकोछ।
जनकपुरधाम १२ का सतीशलाल कर्णभन्नुहुन्छ, ‘होलीगीतमापहिले कामोत्सवको मर्म ,धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पीरतितथाउन्मुक्तिथियो तर अब उच्छृङ्खलगीतहरु आएकाले होलीमामाधुर्य र प्रेम भावमिसिएको गीतविरलै सुन्न पाइन्छ ।’
दोहोरी गीतझै गाइने जोगिरा र होलीकागीतकाकारण तराईमधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर तीगीतभने अहिले लोप हुने अवस्थामापुगेका छन् । भित्री ग्रामिण क्षेत्रमाकुनै कुनै गाउँ घरमामात्र यस्तो जोगिरा सुन्नपाईन्छ।
क्षीरेश्वरनाथ७ हरिहरपुरका रामलालमहतोलेभन्नुभयो, ‘होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होलीगीतगाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । अबको होलीहोलीनभएर भोगवादी र शहरमुखीहोलीभएकाले यसको पौराणिकतासंँग जोडिएको होलीगीत हराउँदै गइरहेको छ ।’
पहिले पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकीलिएर समूहगत रुपमाहोलीगीतजोगिरा गाउने गरेको सखुवाबजारका ६८ वर्षीय सत्यनाराण साह बताउनुहुन्छ।अबत्यो समय हराएर गएको छ ।
अधिकांशयुवाकामकालागि अरबकतारखाडी मुलुकगएकाले होलीगीत हराउँदै गएको बताउँदै धनुषाधामनगरपालिकाकापर्वताका अमरलाल कर्णभन्नुहुन्छ, ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्णतामापुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।’
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभावपारेको भएपनिहोलीको रौनकता नै हराएर गएको छ ।
फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथमनाउँदै आइरहेका छन् । पहिलेकाहोलीगीतमाधार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अबउच्छृङ्ल गीतका सिडी चक्काबजारमा बढी पाउनथालिएको छ । यस्तो गीतमाअश्लीलशब्द बढी भएको सखुवाबजारकारामकृपालजयसवालकोे भनाइ छ ।
मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमागाइने यस्ता होलीगीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्दवासनाहुने भएकाले यस्ता गीतको रक्षागर्नु आजको आवश्यकता रहेको संस्कृतिविद्तथावरिष्ठ पत्रकार रामभरोस कापडीको भनाइ छ ।
पौराणिक होलीगीतमाविषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रितभएर जोगिरा गीतगाउने परम्परा थियो । अबको होलीगीतमापश्चिमी सभ्यता, उच्छृङ्खलताअश्लीलताजस्तागीतले कब्जाजमाउनथालेकाले यसको माधुर्य समाप्तहुँदै गएको कापडीको भनाईरहेको छ।
गाउँघरमाआजभोलिहोलीका साँस्कृतिकगीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जाजमाउनथालेको छ ।
वसन्तऋतुको आगमनसंँगसंँगै वसन्तोत्सवपर्वका रुपमामनाइने होलीपर्वकाअवसरमागाइने जोगिरा लोप हुनथालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमाकामगर्ने संस्था अगाडि आएर यसको पौराणिकता र सांस्कृतिकमहत्वलाई संरक्षण गर्नुपर्ने बयोबृद्ध संस्कृतिविद् रमापतिचौधरी बताउनुहुन्छ। होली यस्तो हुनुपर्छ जसमामहिलातथापुरुषनिर्धक्कभएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो ।
तराईमधेस क्षेत्रमाहोलीपर्वमागाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केहि वर्ष देखि जनकपुरधाम स्थित मिथिला नाट्य कला परिषद (मिनाप)ले गाउँ गाउँबाट होलियाहरुलाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ।
यस्तो छ होलीको पौराणिक कथा
पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजाभएकाले आफूलाई देवताभन्दा ठूलो हुँभन्ने घमण्ड गर्थे ।
उनका छोरा प्रह्लादभगवान् विष्णुका परमभक्तथिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउनहोलिकासँंगै आगामाजलाउँदाहोलिका डढेर भष्मभइन् भने प्रह्लादलाई केहीप्रभाव परेन । सोही परम्परालाई निरन्तरतादिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमाहोलिकाको दहन गरी हर्ष बढांइँ गर्ने चलन रहिआएको भनाइ छ ।




