
काठमाण्डौ - गृहमन्त्री बालकृष्ण खाणले सीके राउत नेतृत्वको जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् ।
गृह मन्त्रालयमा सरकार र सीके राउत नेतृत्वको जनमत पार्टीबीच आज शुक्रवार भएको भेटवार्तामा गृहमन्त्री खाणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिअनुसार कानुनतः फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । उनले निर्वाचन आयोगमा दल दर्ता गर्दै चुनावमा भाग लिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए ।
भेटमा जनमत पार्टीका नेताले आउँदो पालिका चुनावमा भाग लिन आयोगमा दल दर्ता गराएको भन्दै यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो । जनमत पार्टीले आफूहरूले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ गर्न माग गर्दै किसान आन्दोलनका माग सम्बोधन गर्न आग्रहसमेत गरेको छ ।