बर्दिबास । आसन्न स्थानीयतहको निर्वाचनको लागि बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रहलाद कुमार क्षेत्रीले आफू नगरप्रमुख(मेयर) मानिर्वाचितभएकुनै पनि सरकारी सेवा सुबिधानलिने बताउनुभएको छ ।
प्राईम टाईम टेलिभिजनबाट बर्दिवासमा आयोजित स्थानिय तह निर्वाचन २०७९ विशेष कार्यक्रममा बोल्दै नेता क्षेत्रीले भने बर्दिबासलाई विकास चाहिन्छ भने हाम्रोलाई हैन राम्रोलाई जिताउनुस ।
सरकारले माध्यमिक शिक्षा निःशुलक गरेपनी बर्दिबास नगरपालिकामा शुल्कदिदै गरेको प्रबृत्तिलाई निर्वाचित भएपछी यसपालिकामा रहेका सम्पुर्ण माध्यमिक शिक्षा निःशुल्क गरिने गरी शिक्षामा सुधारको योजना अघि बढाउने बताउनुभयो । यस नगरलाई शिक्षाको हव क्षेत्रको रुपमा विकास गर्ने नयाँ शिक्षा बिद्धहरु संगको परामर्शमा शिक्षा क्षेत्रमा सुधार गर्ने बताउनुभयो ।बर्दिबासका जनताहरुले विकास हेर्न चाहेको, देखिनेगरी विकास अनुभुतगर्न चाहेको भन्दै उहाँले एक पटक मतदिएर जिताउन नगरवासीमा आग्रहगर्नुभयो । यसक्षेत्रको सडक, ढलनिकासको समस्यापहिलो प्राथमिकतामा राखेर विकास अघि वढाउने भन्दै उहाँले नगरवासीको मतआवश्यक रहेको बताउनुभयो ।
एक चोटी कामगर्ने मौकादिनुस, नगरवासीले चाहेको जस्तो कामगर्न नसके सजायको भागिदार हुनतयार रहेको बताउनुभयो ।भ्रष्टाचाररहित समाजनिर्माणले बर्दिबासको शिक्षा,स्वास्थ,खानेपानी, युवा स्वरोजगार, कृषिपर्यटनको क्षेत्रमाकाम गरेर जनतालाई विकास के भन्ने अनुभुतीगरेर देखाउने बताए ।एक वडा एक कृषिउत्पादन ,कृषि सडकको बिस्तारको साथसाथै हरेक वडामा ढुवानीका लागि गाडीको निःशुल्क सेवा, हरेक किसानलाई समयमै मलखाद्य,बिउको व्यवस्थापनगर्ने बताउनुभयो । नगरवासीको चाहानाअनुरुप यस क्षेत्रमालामो समय देखि मालपोत, नापीकार्यालय स्थापनाभएर पनि सेवाबाट बञ्चितहामी सबै स्थानीयवासीको लागिमालपोत र नापीकार्यालय सेवा सुचारु गराउन नेता क्षेत्रीले खेलेको भूमिका समेत अवको निर्वाचनमानेता क्षेत्रीलाई अमूल्यमतदिएर देखाउने बेलाभएको स्थानीययूवा नेताआसुतोश झाले विगतस्मरण गर्दै बताउनुभयो ।अरुले बोल्छन तर प्रहलादकुमार क्षेत्रीले काम गरेर देखाउँछ र गर्छ ।
नेता क्षेत्री कुर्सीमा नरहेपनि जनताका लागि दिनरात काँधमाकाध राखेर जनताको दुःख सुखको सहयात्री रहेरकाहुनाले आफ्नै लगानीमा जनतालाई सेवा गरेको सहभागी झाले बताउनुभयो । उहाँले सार्बजनिककार्यक्रमबोल्दै भने,“ बर्दिबासनगर पालिकामाउधोग बाणिज्य संघको स्थापना, भबननिर्माण, रेडक्रस कार्यलय भबनमाबनाउनमा सहयोग र मालपोत, नापीकार्यलयको स्थापनामाप्रमुखभुमिका रहेको हुनाले नेता क्षेत्रीनै बर्दिबास नगरपालिकाका लागि उपयुक्त मेयर रहेको हुँदा यसपटक जनताले क्षेत्रीलाई नै चुन्नेछ भनी सहभागी झाको भनाई छ ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकामा त्रीपक्षीय भिडन्त हुने देखिएको छ । महोत्तरीको १५ वटा स्थानीय तहमध्ये बर्दिवास नगरपालिका हुने निर्वाचनलाई प्रमुखताका साथ हेरिएको छ ।




