जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका निवर्तमान मेयर हरि नारायण महतोले उम्मेदवारी फिर्ता लिने भएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले अन्य ठाउँमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिदै एमालेका आधिकारिक मेयरका उम्मेदवार राजाराम महतोलाई नै सघाउने निर्णय गरेका हुन्।
उनले नेता रघुवीर महासेठको बदमासीले आफ्नो टिकट खाेसिएकाे आराेप लगाए। महताेलाई प्रदेश सभा सदस्यमा टिकट दिने सहमति भएको बताईएकाे छ।
एमाले नगर कमिटीले मेयरको उम्मेदवारका लागि महतोको एकल सिफारिस गरे पनि अन्तिम समयमा उनको टिकट खाेसिएकाे थियो।
टिकट नपाए पछि उनले पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनलाई फकाउन अध्यक्ष ओलीले नै काठमाडौं बोलाएका थिए।




