महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना शुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि मतगणना शुरु गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।
उनका अनुसार बर्दिबासको १४ ओटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना शुरु गरिएको छ।
हात्तीलेट ‘क’ र ‘ख’ मतदान केन्द्रको मतपेटिकाबाट गणना थालिएको सापकोटाले जानकारी दिए। अहिलेसम्म बर्दिबास ८ को ३०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार जेब्रा छाप ११९, नेकपा एमालेले ६९ र नेकपा माओवादी केन्द्रले ३० मत प्राप्त गरेका छन्।
बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका र ३१ हजार ६१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल मतबाट बर्दिबासमा ७१.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।




