औरही । महोत्तरीको रामगोपालपुर नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख रामदुलार साहले पदभार ग्रहण गरेका छन् ।
महोतरी जिल्ला समन्वय समितीको सभाकक्षमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत दिपक खरेलबाट सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै नवनिर्वाचित साहले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै नगर प्रमुख साहले नगर भित्र पर्ने नगरवासीहरु लाई नि:शुल्क एम्बुलेन्स उपलब्ध गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नगरपालिकामा रहेको एम्बुलेन्सबाट मधेश प्रदेश क्षेत्र भरिका लागि नि:शुल्क उपलब्ध गराउने एक सुचना नीकाली जनकारी दिए ।




