बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ का नवनिर्वाचित वडाध्यक्ष बिजय कुमार महतो सहित सबै निर्वाचित जनप्रतिनिधिहरूले सोमबार सपथ ग्रहण गर्दै पदभार सम्हालेका छन्।
साथै पुर्ब जनप्रतिनिधिहरूलाई स–सम्मानका साथ बिदाइ समेत गरिएको छ। वडा नं१४ का नवनिर्वाचित वडाध्यक्ष महतो सहित सहस्यहरु पदभार सम्हाले लगतै वडाका स्वास्थ्य चौकीको उद्घाटन समेत गरेका छन् ।
सो उदघाटन समारोहमा महतोले आफ्नो घोषणापत्र अनुसार नै जनताको मुल समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढि रहने वडाध्यक्ष महतोले प्रतिबद्धता गरे ।
वडा सदस्य कामेश्वर महतोले भने, ‘जनताले आफ्नो अमुल्य मत दिई मलाई उहाँहरुका समस्या समाधान गर्नका लागि दिनुभएको हो । त्यसैले मैले हरसम्भब हरेक समस्या समाधानको प्रयास गर्ने छु।’




