चितवन । चितवनको राप्ती नगरपालिका– १ मा एकजना पुरुष बाघको आक्रमणबाट घाइते भएका छन् ।
राप्ती नगरपालिका वडा नं. १ डिपार्टस्थित गाउँ नजिकै आज विहान तरकारी टिप्न गएका ४३ वर्षीय इन्द्र बहादुर थिङ (वाइवा) लाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।
चितवनमा पछिल्लो समय बाघको आक्रमणका घटना बढेको छ ।


