-धर्मेन्द्र झा
काठमाडौँ — राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । यसअघिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले चारवर्षे कार्यकाल पूरा गरेसँगै उक्त पद खालि थियो ।








