महोत्तरी(औरही) –लोकतान्त्रिक समाजवादी पार्टि नेपालको महोत्तरी जिल्लाको औरही नगरपालीकाको नगर समितीको अध्यक्षमा दरेश यादवलाई जिम्मेवारी प्रदान गरिएको छ ।
निकै नैई लोकप्रिय तथा चर्चित रहनु भएका यादवलाई लोसपा नेपालको अन्तरिम बिधान २०७८ बमोजीम २०७९ श्रावण ५ गतेको निर्णय अनुसार औरही नपाको नगर समितीको अध्यक्षमा यादवलाई मनोनयन गरेको पार्टिद्वारा जारी एक बिज्ञप्तिमा उल्लेख छ ।
यादवलाई देश,मधेस एवं पार्टिको हितमा काम गर्न र आफ्नो जिम्मेबारी निर्बाह गर्न बिज्ञप्तिमा मार्फत शुभकामना दिएको छ ।
जिम्मेबारी पाउन साथ नगर अध्यक्षमा दरेश यादवले पार्टिले दिएको कार्य कटिबद्ध भई लगनशिलताका साथ निर्बाह गर्ने साथै पार्टिले गरेको निर्णयलाई सराहना पनि गर्नुभयो ।




