महोत्तरी - महाेत्तरीकाे भंगहा नगरपालिकामा एक पुरूषले आफ्नै श्रीमती र सासुलाई ज्युदै जलाएर हत्याको प्रयास गरेका छन्।
जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाए अनुसार शनिवार राति भंगहा नगरपालिका ९ कंचनवन बस्ने ६५ वर्षिया रेसमा सदा र निजकी छाेरी ३५ वर्षिया प्रमिला देवी सदालाई प्रमिलाकाे श्रीमान् महाेत्तरीकाे रामगोपालपुर नगरपालिका ८ बस्ने ३८ वर्षिय शंकर सदाले आगाेले जलाएर हत्या गर्ने प्रयास गरेका हुन्।
शंकर सदाले श्रीमती र सासु सुतिरहेको बेला मध्य रातिमा जिउमा डिजल छड्की आगो लगाएर फरार भएको थिए।
आगो बाट रेसमा देवी सदाको पिठ्यु, पाखुरा र वाँया खुट्टामा र प्रमिला देवी सदाको दुबै हात,दुबै खुट्टा देखी पैतला सम्म र छातीमा पोली गम्भिर घाइते भएको छ।
शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।उनीहरुको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए ।
घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई डिजेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
दुर्घटनामा संलग्न शंकर सादा फरार रहेको ले खोजतलास भई रहेको प्रहरीले जनाएको छ।वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।




