काठमाडौं । सडकमा हिडिरहेकी एक महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट भएको छ । बालाजु सडकमा हिडिरहेकी उनलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका-३ घर भई हाल टोखा-३ बस्दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका-३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।



प्रहरीका अनुसार दर्जी र महर्जनले साउन २० गते मनमैजु र बानियाँटारमा पनि लुटपाट गरेका थिए।
हाल उनीहरुलाई प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।




