महोत्तरी- महोत्तरीको गौशालामा एकजना पुरुषको शव फेला परेको छ । गौशाला नगरपालिका वडा नं. ५ र ९ स्थित रहेको मरहा खोलाको करिब ५ सय मिटर पश्चिमपट्टीमा खोलाको झारीमा मान्सिक सन्तुलन गुमाएका एक बृद्वको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
शव फेला हुनेमा गौशाला नगरपालिका ९ बस्ने वर्ष ७६ का चन्देश्वर शाह रहेको प्रहरीले जनाएको छ । शव मुचुल्का पश्चात आफन्तलाई जिमा लगाउने ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले बताए ।
शव प्रकृति हेर्दा करिब ५–६ दिन पहिला नै मृत्युु भएको भइसकेको हुनसक्ने मिश्रले बताउनुभयो । मृतक शाह ५–६ दिनदेखि सम्पर्क बिहिन नरहेको परिवार जनले जनाएको छ ।




