
शरदसिंह भण्डारी एउटा यस्तो नेता हो जो मन्त्री बन्नका लागि नै वर्षौ वर्ष देखि राजनीति गर्दै आइरहेका छन् भनि आरोप लाग्दै आएको छ ।
उनी आफ्नो झण्डै ४५ वर्षको राजनीतिक यात्रामा कम्तिमा २० पटक मन्त्री बनिसकेका छन् । नेपाली काँगे्रस लगायतका दलहरु नेपालमा प्रजातन्त्र पुनरबहाली र बहुदलिय व्यवस्थाका लागि कठोर आन्दोलनमा लागेको बेला शरदसिंह सत्ताको भक्ति गर्दै हिँडथे । पोखराबाट खेतीपातीको सिलसिलामा बाबुसँगै महोत्तरीको बर्दिबास झरेका थिए भण्डारी । पंचायतको तर खाए पश्चात २०४६ साल पछि उनि काँगे्रस राजनीतिमा प्रवेश गरे । पंचायती व्यवस्थालाई काँगे्रस लगायतका दलहरुले उखेलेर फ्याले पश्चात सत्ता बिना बाँच्नै नसक्ने भण्डारी काँगे्रसी भए ।

उनको एसएलसी लगायतका सम्पुणर् अध्ययन काठमाण्डौमा भयो । र उनि धेरैजसो काठमाण्डै बस्थे । भण्डारीको राजनीति सुरुवात हुँदा उनि चुनाव लड्दा बर्दिबास, औरही क्षेत्रबाट चुनाब लड्थे । एकपटक सम्सी, मनराकट्टी क्षेत्रबाट चुनाव लडे । तर माओवादी आन्दोलन पश्चात जब माओवादीका गिरीराजमणी पोखरेल बर्दिबास क्षेत्रबाट चुनाव लड्न सुरु गर्यो त्यसबेला देखि शरदसिंह अहिले क्षेत्र नं १ मा पर्ने बर्दिबास क्षेत्र गिरिराजको लागि छोड्दै आएको छ ।
मधेस र मधेसीको वकालतकर्ता जस्तो देखिन खोज्ने भण्डारी मधेसमा वसोवास गर्ने एउटा पहाडी साशक वर्गबाट पर्छन् । त्यही भएर आफ्ना सहगोत्री पोखरेलका लागि क्षेत्र नं १ छोड्दै आएको चर्चा पनि छ ।
काँगे्रसमा लामो समय सत्तामुखी राजनीति गर्दै आएको शरदसिंह जब मधेस आन्दोलन भयो अनि मधेसवादी राजनीतिमा लागी हाले । उनको लागि यो सामान्य विषय हो । सत्ता र कुर्सी चहार्ने नेताको रुपमा रहेको उनको परिचयसँग सबै अवगत नै हुनुपर्छ । तर अहिले पनि औरहीको मुसहर समुदाय होस या सामाजिक र आर्थिक रुपले पिछडीएका समुदायहरुको अवस्थामा सुधार समेत आउन सकेको छैन् ।

२० पटक मन्त्री बनेका भण्डारीलाई यदी महोत्तरी क्षेत्र नं. २ लगायत बर्दिबास वरिपरीका जनताको जीवनमा परिवर्तन ल्याउने चाहना हुन्थ्यो भने उनले आम बासिन्दाको जीवनमा सुधार ल्याइसकेका हुन्थे ।
शरदसिंहको राजनीतिक पद्धती कस्तो छ भने, उनि आफ्ना क्षेत्रका अशिक्षीत जनताहरुलाई मुर्ख बनाउँदै आएका छन् । महोत्तरीमा आउने सिडीयो देखि एसपी वा भनौ सबै प्रशासकहरु पहाडी समुदायबाट हुने गथ्र्यो । अहिले पनि अवस्थामा खासै परिवर्तन आएको छैन् । र भण्डारी सिडीओ, एसपीको आडमा बिपक्षीहरुलाई बिभिन्न जालझेलमा फसाइ रह्ने र चुनाबको बेला गरिबगुरुवा जनतालाई नगद बाँट्ने देखि बिभिन्न सपना देखाएर चुनाव जित्ने गर्थे ।
मधेसवादी दलमा जाँदा मधेस आन्दोलनमा राज्यबाट हुने हत्यालाई भावनात्मकरुपमा भजाएर चुनाव जिते । उनै शरदसिंह भण्डारी २०७४को चुनावमा महोत्तरी क्षेत्र नं. २ बाट चुनाव जिते । केपी ओलीले दुई वर्ष पहिला संसद बिघटन गर्दा शरदसिंह ओलीसँग साइनो गास्यो । र १८ दिनको लागि भएपनि उर्जा तथा जलस्रोत मन्त्रालय मागेर लिए ।
उर्जा मन्त्रालय नै किन ? कसैले ध्यान दिएन होला । तर यसको पछाडीको रहस्य बुझ्नका लागि जनआस्था पत्रिकाले ११ जेष्ठ २०७६ मा प्रकाशित गरेको एउटा समाचार बारे जानकारी राख्दा उचित होला । कारण हो भण्डारीसँग बस्दै आएको निर्जला राउतको जलबिधुत परियोजनामा लगानी ।
प्रवेश गरौ जनआस्थाले प्रकाशित गरेको भण्डारी राउतको राजनीतिक र व्यपारिक सम्बन्ध यात्रामा । नागरिकता अनुसार सिराहा जिल्ला, बस्तीपुर वडा नं २ पक्कीटोलकी बासिन्दा र अस्थाई बसोबास ललितपुरको भैंसेपाटी रहेको छ । निर्जलाले ल्याएको अकुत सम्पत्तिप्रतिको आकार्षण । राउतका भारतीय पति छन्, कृष्णन भने । अमेरिकाको जर्जिया राज्यमा बस्छन् । निर्जलाको दुई छोरी भारतमै अध्ययनरत थिइन । छोरीहरु कृष्णन थर नै लेख्छिन । जनआस्थाले गरेको खोज अनुसारको रहस्य के छ भने, जुन दिनदेखि शरद सिंह जिर्नला राउतसँग नजदिक भइन, त्यही बेलादेखि नेपाली काँग्रेस त्यागे र निरन्तर मधेसकेन्द्रित राजनीति गरिरहेका छन् । भण्डारी न पुख्रयौली मधेसी हुन न रैथाने । निर्जला मधेस आन्दोलन २०६३ देखि नेपाल आएर यतै बस्न थालेकी हुन । शरद सिंहले निर्जला लाई २०६४ कै संबिधानसभामा लैजान खोजेका थिए तर उपेन्द्र यादवले रेणु यादवलाई समानुपातिक माला लगाउनुपर्छ भनी जिद छाडेन्न त्यही भएर निर्जला माननीय बन्न पाइन्न । मधेशी जन अधिकार फोरम फुटायो, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक फुटायो केबल मन्त्रि बन्नको लागि र निर्जलासंगको व्यपारलाई फ्स्टाउनका लागि ।
तर, निर्जलाले शरद सिंह सँगको सम्बन्धका कारण २०७० को दोस्रो संविधानसभा हुँदै फेरी २०७४ को प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएर देखाइदिए । यिनी दुबैको सम्बन्धको औपचारिकता बारे कसैलाई थाहा छैन् । ‘ये रिस्ता क्या कहलाता ह’ै जस्तो बुझिएको छ । जनआस्थाका अनुसार, निर्जलाले ल्याएको सम्पत्ति शरद सिंहले विभिन्न ठाउँमा लगानी गरेका छन् । शिक्षा सम्बन्धी व्यपारका लागि ललितपुरमा संचालित होप इन्टरनेशनल, बर्दिबासमा होटल-ब्यांकेट र हस्पिटल व्यवसाय, मुस्ताङको जलविधुत परियोजना सहित विभिन्न आयोजनामा लगानी गरेका छन् । २०७६ मा उनी जुगल सांसदलाई सरकारले यसैमा अँठ्याएका थिए । अपर मुस्ताङ जलबिधुत परियोजनामा प्रधानमन्त्री कार्यालय अन्र्तगत सम्पत्ति शुद्धिकरण आयोगले छानबिन सुरु गरेर पनि राजनीतिक दबाबमा फाइल थन्क्याएको कुरा जनआस्थाले बाहिर ल्याएको थियो । त्यास जलबिधुत आयोजनाको मालकिनी निर्जला राउतमाथि अधिक विजकीकरण अन्तर्गत मुद्दा समेत चलेको रहेछ भनी जनआस्थाको समाचारमा आएको थियो । विजकीकरण, अर्थात पर्ने मूल्यभन्दा बढी लगानी गरेबापतको कानूनी झमेला । साढे चार सय मेगावाट क्षमताको विधुतिय उत्पादन गर्ने लक्ष्यसहित अपर मुस्ताङ जलबिधुत परियोजना दर्ता गरिएको छ । उनले मरिससबाट पैसा ल्याएकी हुन् । सम्पत्ति शुद्धिकरणले सो रकमको स्रोत उपलब्ध गराउन पत्राचार समेत गरेको थियो । तर अहिले सम्म स्रोत खुल्यो, न त कारबाही नै अगाडी बढ्यो । वा के भयो महोत्तरी क्षेत्र नं २ का जनताले खोज्दैन । चुनावको बेला पैसाको खोला बगाउने क्षमता छ शरद र निर्जलासँग । क्षेत्र २ का जनताले फेरी शरदलाई दादा दादा भन्दै भक्तिगान गर्लान ? यसको उत्तर समयले नै दिने हो । शक्तिको भजन गाउने भण्डारी निर्जलासंगको व्यपारिक यात्रा सुरु गरेदेखि कुनै हदसम्म जाने आँटको प्रदर्शन गरिरहेका हुन्छन । भण्डारी सांसद बन्दा गठन हुने बिभिन्न संसदिय समिति अन्र्तगतको सार्वजनिक लेखा समिति नै किन रोज्छन् ? त्यसको एउटै कारण हो निर्जला र भण्डारीको लगानीमा उठ्ने हिनामिनाका सवाल आयो भन्ने त्यसलाई प्रतिरक्षा गर्न सकोस । अवसरवादको चरम नमुना प्रस्तुत गरेको छ भण्डारी र राउतको अदभुत सम्बन्धले ।
शरदसिंहले ४०-४५ वर्ष देखि महोत्तरी जनतालाई मूर्ख बनाउन सफल हुँदै आएको छ । मधेस आन्दोलनको भावनामा २०६३ देखि मधेसवादी राजनीति यात्रा सुरु गरेका भण्डारी आफु प्रत्यक्ष र निर्जला राउतलाई जसरी पनि समानुपातिक सांसद बनाई सत्तासँग सामिप्यता बनाई आफ्ना व्यपार फस्टाउने उदेश्य राख्दै अगाडी बढी रहेका छन् । महोत्तरी क्षेत्र नं २ का सोझासाझा जनताले कहिलेसम्म यी जोडीको भार थाम्ने हो थाहा छैन् ।
यो पनि पढ्नुहोस् ।