
जन नेतृत्वका दुई गुण हुन्छन् । एक, ऊ आफ्नो आलोचनात्मक चेतको आलोकमा, बिचार अभिव्यक्तिमा स्वतन्त्रता तर काम कारबाहीमा एकरुपताको आलोकमा बिचार–संगठन–विधिपद्धतिप्रति पूर्ण समर्पित हुन्छ भने दुई, ऊ विना स्वार्थ जनताको सेवक हुन्छ ।
माओवादी केन्द्रका उपमहासचिव एवं महोत्तरी–१ बाट गठबन्धनका संघीय उमेदवार गिरिराजमणि पोखरेलले उल्लेखित दुबै गुण बचाएका छन् । त्यसैले महोत्तरीबाट तेस्रो जीत हासिल गरिसकेका पोखरेल चौथो जीतको घोषणा चरणमा छन् । यसरी पोखरेल नै जित्छन् भन्नुको राजनीतिक र जनआधारित कारण छ ।
एक, पार्टी भन्नु समाज प्रवृत्तिहरूकै गठजोड हो । त्यसलाई जनन्यायिक बनाउने चिन्तन/आदर्शहरूले कम्युनिष्ट पार्टीको जन्म भएको हो । नेपालका कम्युनिष्ट पार्टीहरू जनतन्त्र, जनजीविका र राष्ट्रियताको आजसम्मको आमूल संघर्षबारे को कति पानीमा छन ? त्यसबारे पार्टीगत र अन्तरपार्टी बुझाइ कसरी निर्माण भएको छ ? त्यसले कस्तो अप्ठेरो चरण गुजारेर कसरी नेतृत्व निर्माण ग-यो ? भन्ने प्रश्नहरू जवर्जस्त आउँछन् । त्यस प्रक्रियाका एक बैचारिक र सांगठनिक सिल्पी हुन् पोखरेल । माओवादीसँगको एकता अगाडि एकताकेन्द्र–मसाल, संयुक्त जनमोर्चा, नेपाल, जनवादी युवा लिगको नेतृत्व रूपमा उनले जसरी जनसंगठन र संघर्षलाई संस्थागत गरे, त्यसले उनको राजनीतिक, बौद्धिक एवं जनसांगठनिक छविको उच्च उजागर गरेकै थियो ।
दोस्रो, उनले सांसद एवं मन्त्रीका रुपमा स्वार्थरहित सेवा र विकासका क्षेत्रमा जेजति राष्ट्रिय पहल लिए, क्षेत्रगत पहल लिए, ती उल्लेखयोग्य छन् । स्वास्थ्यमन्त्रीका रुपमा आधारभूत तहमा निःशुल्क स्वास्थ्यलाई संस्थागत गर्नु र शिक्षा मन्त्रीका रुपमा उच्चस्तरीय शिक्षा आयोग बनाएर शिक्षाको व्यापारीकरण अन्त्यको पहल थाल्नु उनका राष्ट्रिय जननीति थिए । त्यही दृष्टान्तका कारण अहिले स्वास्थ्यका निःशुल्क कार्यक्रमहरू राष्ट्रियस्तरसम्म प्रभावी भएका छन् भने शिक्षा सुधारका संस्थागत प्रयासहरूले समेत संस्थागत रुप लिएका छन् । हो, स्वास्थ्य र शिक्षामा अहिले पनि चरम ब्यापारीकरण छ । तर, गिरिराजमणिहरूकै कारण यस्तो ब्यापारीकरण अन्त्य हुनुपर्ने मार्ग पनि जबर्जस्त अगाडि बढ्दै छ ।
बिकास भन्नु संघीय राज्यका योजनागत कार्यक्रम त हुन् । तर, तिनको पहल, प्राथमिकता र चुस्त सम्पादनमा नेतृत्वको हस्तक्षेपकारी भूमिका भएन भने ती केपी ओलीका गफाडी विकास नारा जस्तै भ्रष्टाचारका स्रोत बन्दछन् ।
गिरिराजमणि पोखरेल यी दुवै परिक्षामा अब्बल प्रमाणित नेतृत्व हुन् ।
कमैलाई थाहा होला गिरिराजमणिको निजी सम्पत्ति छैन । हो, छैन नै । पैत्रिकबाट जे आयो, त्यसलाई उनले पार्टीकरण गरे । काठमाडौंमा उनी दाइ–भाइको स्वामित्वको घरमा बस्छन् ।
यससँगै दाइ–भाइको घर किन्ने हैसियत के हो ? भन्ने प्रश्न पनि आउला, उनका दाइ त्रिभुवन बिश्वविद्यालयका प्राध्यापक÷डाक्टर थिए, अबधि हुँदाहुँदै कारणबस क्यानडा बसाइँसराइ गरे । भाइ बेल्जियमबासी एक पढालेखा एनआरएन हुन् ।
सँगै, सबै नेपाली जनता– मिडिलइस्ट वा दुबई, कतार मलेसिया पुग्ने बाध्यतामा हुँदा उनकै दाइ/भाइ चाहिँ क्यानडा, बेल्जियम पुग्ने ? भन्ने प्रश्न पनि आउला ? वास्तवमा गिरिराजमणि दाइ–भाइ बाहिर नजाउन र राजनीतिक एवं बर्गीय बौद्धिक कर्ममा नै दत्तचित्त होउन् भन्ने चाहन्थे । कोही पनि ब्यक्तित्वहरू आफ्नै निजी चाहनाका मालिक हुन् । तर, नेपाल हुँदा पनि बाहिर हुँदा पनि दाइ–भाइ गिरिराजमणिकै सुभचिन्तक थिए/छन् ।
न त दाइ, भाइ पोखरेलको कृपाले क्यानडा पुगेका हुन् । न त भाइ, दाइ पोखरेलको कारण बेल्जियम पुगेका हुन् । दाइ/भाइ गिरिराजमणि राजनीतिक शक्तिमा आउनु अगाडि नै बिदेशिईसकेका थिए, जतिबेला उनीहरूलाई भाइ–दाइ,जत्तिको/यति आदर्श ब्यक्तित्व पनि कुनै दिन यो देशको सांसद, मन्त्री हुनसक्ला र ? भन्ने लाग्दथ्यो !
पुस्तौनी खानलाउन पुग्ने मध्यम बर्ग हैसियत भएको परिवारका सदस्यले क्षमता र स्वधरातल प्रयोग गरेर आफ्नो बाटो लिनु अन्यथा होइन। तर सिंगो पोखरेल र नातागोता परिवारले गिरिराजमणिलाई कहिल्यै ठेस पु-याएन, बरु आफ्नो परिवारको एक आदर्शका रूपमा सँधै सहयोग नै ग-यो । पार्टीका इमानदार कार्यकर्ता र परिवारका सहृदयीहरूको निस्वार्थ पनले नै आज गिरिराजमणि एक सतिसालका रूपमा स्थापित छन् ।
जन्म खोटाङ, बसाइँसराइ बिराटनगर तर कर्मभूमि पार्टीको जिम्मेवारी अनुसार, कम्युनिष्ट मुल्यको अध्ययन भएपछि र माक्र्सवादलाई छिचोलेपछि आफैंमा ब्यबस्थापनमा स्नातकोत्तर, कानुनमा स्नातक गिरिराजमणिले जनजीवनलाई बर्गीय दृष्टिले हेरे । मुलतः महोत्तरीका शोषितपीडितबीच आफ्नो कर्मभूमि बनाए ।
तीनपटक जनप्रतिनिधि र चारपटक मन्त्री भएर पनि यति निष्कलंक ब्यक्तित्व समकालीन राजनीतिमा दुर्लभ हो । साँढे छ दशकभन्दा बढी उमेरमा समेत कार्यकर्तालाई, आमश्रमजीवी जनतालाई र माक्र्सवादी कर्मपथलाई नै उनले आफ्नो गन्तव्य सोचेका छन् ।
न निजी सम्पत्ति, न निजी परिवार– कम्युनिष्ट आन्दोलनकै ब्यस्तताका कारण अविवाहित गिरिराजमणिको परिवार र सम्पत्ति भन्नु, आधारशीला महोत्तरी हो । जसलाई उनले बर्षौंदेखि जनवादी कम्युनका रूपमा नेतृत्व गरेका छन् । तर, यस्ता कम्युनहरू अरु धेरै बढ्नुपर्नेमा कमजोर/कमजोर हुँदैछन् । त्यो गिरिराजमणिको कमजोरी होइन, बैचारिक र ब्यबस्थानको कमजोरी हो । कम्युनिष्ट आन्दोलनको कमजोरी हो । धेरै/धेरै गिरिराजमणिहरू भएर मात्र कम्युनहरू संस्थागत हुनेछन् ।
अघिल्लोपाली संघीय समाजवादी भएर र यसपाली एमाले भएर गिरिराजमणिसँग टक्कर गर्न आउने लक्ष्मी महतो जस्ता कानुन अभियोगी बुख्याँचाहरू उनको ब्यक्तित्वसामु चुनाव अगाडि नै चुरचुर भइसकेका छन् । र, बर्दिबास नगपालिकामा स्वतन्त्रले चुनाव जितेको देखेर संघमा समेत टक्कर गर्न आउने तथाकथित स्वतन्त्र समेतले आफ्नै हारको निश्चय गरिसकेका छन् । बर्दिबासमा त झन् माओवादी केन्द्रका मेयर प्रत्यासी राजु खड्का र एमालेका मेयर प्रत्यासी टेक बहादुर बलम्पाकी अहिले एउटै पार्टी भएर गिरिराजमणि अभियानमा छन् ।