१. म नर्स,हो म एउटा स्वास्थ्यकर्मी ..२
जब –जब देशमा आउने छ, कुनै महामारी रहने छौ म सधै अगाडी..१

२. मेरो मुटु जो कहिले कठोर हुन् जान्दैन,न त यो थाक्छ नै ..२
मेरो हातको त्यो न्यानो स्पर्श मानव सेवाको लागि न त कहिले रुक्छ नै ..१
३. म नर्स,हो म एउटा स्वास्थ्यकर्मी ..२
जब –जब देशमा आउने छ, कुनै महामारी रहने छौ म सधै अगाडी..१
४. आफ्नो मिहिनत र सेवा-भावले सबैलाई खुशी बनाउछु ..२
कहिले पावरफुल लिडर त कहिले एडभाइजर बनिहाल्छु …१
५. हात त मेरा दुइटा छन्, हात त मेरा दुइटा छन् …२
तर बिरामीको संख्या र आवस्यकता अनुसार देबी दुर्गा पनि बनि हाल्छु..१
६. म नर्स,हो म एउटा स्वास्थ्यकर्मी ..२
जब –जब देशमा आउने छ, कुनै महामारी रहने छौ म सधै अगाडी..१
७. न गर्नु मलाई हेला र अपहेलना, न काट्नु बाटो नै हेरी मलाई …२
हो म यहि समाजका चेली-छोरी, अरु केहि चाहिएन हौसला दिए पुग्छ मलाई …१
८. म नर्स,हो म एउटा स्वास्थ्यकर्मी ..२
जब –जब देशमा आउने छ, कुनै महामारी रहने छौ म सधै अगाडी..१
९. समाजका व्यक्तित्व ज्यु, न गर्नु म माथि कु ब्यबहार ..२
याद गर्नु तपाईको त्यो बिरामी हुदाको क्षण, आफ्नो भोक प्यास
निन्द्रा न भनि मल्हम लगाउन म सधै थिए तैयार..१
१०. सुरक्षाका मापदण्ड अपनाएका थियो ,तैपनि भयो संक्रमितको भागिदारी …२
कतिको सपना अधुरो रहियो, हजरोको भयो अन्त्य,खै कसले लियो त्यसको जिम्मेवारी…२
११. हे ईश्वर प्रार्थना गर्दछु हजुरलाई, मेरो कारणले कसैलाई आंच न आओस..२
कुनैपनि रोग र महामारी बाट जित्न हामि सबैलाई आँट आओस ..१
१२. म नर्स,हो म एउटा स्वास्थ्यकर्मी ..२
जब –जब देशमा आउने छ, कुनै महामारी रहने छौ म सधै अगाडी..१
BY: RUBY DEV
Sinha Health Foundation PVT LTD
Janakpur. Dhanusha
B.SC. Nursing 4th Year