कृष्ण राज गिरी/ भैरहवा
राष्ट्रिय स्वतन्त्र पार्टी , सिद्धार्थनगर नगर समिती ले रुपन्देही को सिद्धार्थनगर नगर पालिका का प्रमुख इश्तियाक अहमद खान लाई सिनपा भित्र रहेका समस्या हरु लाई उचित व्यवस्थापन तथा सम्वोधन गर्न को लागि १८ बुँदे माग सहित को ज्ञापन पत्र वुझएको छ।



रास्वपा ले वुझाएको ज्ञापन पत्र मा सिनपा मा रहेको स्वर्गद्वारी घाट देखि डण्डा पुल हँदै फरेनी वजार सम्म जोडिएको डण्डा खोला लाई व्यवस्थित रुपमा सरसफाई, डण्डा खोला लाई तटवन्धन गरि पर्यटकिय स्थलको रुप मा निर्माण गर्ने र डुँगा संचालन गर्ने , सिनपा भित्र १३ वटै वडा मै बिजुली पोल मा रहेको अव्यवस्थित ईन्टरनेट, टेलिफोन,केबुल तार लाई व्यस्थित गर्ने र नगर लाई लोडसेडिगं मुक्त गरिनु पर्ने, सिनपा-९ मा रहेको यातायात कार्यालय परिसर मा बैंक काउण्टर स्थापना गरि आमनागरिक को राजस्व संकलन गर्न सहज वातावरण मिलाईदिने, लगायत फोहोर मैला व्यवस्थापन, बेलहिया नाका पर्यटक लाई सहज र खुला नाका व्यवस्थापन, ठेला व्यवसाही हरु को समस्या समाधान, पार्किग को उचित व्यवस्थापन, हाल को बजार को अवस्था हेरि बाहाल कर र व्यवसाय कर मा सहुलिएत दिनु पर्ने पनि उल्लेख गरिएको छ।
साथै किसान हरु को समस्या, छाडा कुकुर तथा चौपाया हरु को व्यवस्थापन, बजार उज्यालो हुने गरि सडक बत्ती को व्यवस्था, ट्राफिक लाईट राती ९ बजे सम्म र शनिवार पनि संचालन गर्नु पर्ने , सरकारी अस्पताल र विधालय सर्वसुलभ र गुणस्तरिय हुनु पर्ने, सहकारी पिडित को माग लाई सम्वोधन, अल्पत्र परियोजना को निरिक्षण गरि अविलम्व शुरु गरिनु पर्ने, सार्वजनिक शौचालय को उचित व्यवस्थापन गरि थप निर्माण गर्नु पर्ने भनि विभिन्न १८ बुँदे माग हरु रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सिनपा नगर संयोजक सुमन न्यौपाने ले ‘ नगर भित्र रहेका हरेक साना ठुला समस्या हरु उल्लेख गरि नगर प्रमुख लाई ज्ञापन पत्र दिईएको र हामी ले उठाएका विषय बस्तु हरु पुरा गर्ने प्रतिबद्धता नगर प्रमुख ले गर्नु भएको ‘ वताए ।




