कृष्ण राज गिरी/ भैरहवा
राष्ट्रिय स्वतन्त्र पार्टी , सिद्धार्थनगर नगरसमिती ले सिद्धार्थनगर नगरपालिका , भैरहवा को विभिन्न ठाँउ हरु मा निशुल्क चिसो पिउने पानी वितरण गरेको छ।

भैरहवा मा पछिल्लो केहि दिन देखि अत्याधिक गर्मी र तातो हावा 'लु' चल्ना ले जनजीवन प्रभावित गरेको ले बुद्ध चोक ,वर्मेलीटोल,वैंकरोड,देवकोटाचोक,पुतलीबजार,आवारोड, गल्लामण्डी,आखाँ अस्पताल, प्रहरी टोल र मेडिकल कलेज गरी दश ठाउँ मा चिसो पानी राखिएको रास्वपा,सिद्धार्थनगर ले जनाएको छ।

पानी वितरण कार्यक्रम वारे रास्वपा सिद्धार्थनगर का नगर संयोजक सुमन न्यौपाने ले 'राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना को पहिलो वार्षिकोत्सव असार ७ गते मनाउने क्रम मा यो साता भरी विभिन्न कार्यक्रम गरीने र अहिले भैरहवा मा अत्याधिक गर्मी भएको ले पहिलो दिन निशुल्क चिसो पिउने पानी वितरण गरिएको ' बताए। रक्तदान, बृक्षारोपण जस्ता विभिन्न थप कार्यक्रम हरु रास्वपा को रहेको न्यौपाने ले जनाए ।




