महोत्तरी – रामगोपालपुर नगरपालिका – ५ रामगोपालपुर चौकमा शनिवार साँझ विरोध प्रदर्शन गरिएको छ। रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साहको सहभागीताका साथै सर्वदलीय पार्टीको सहभागीता लगायत ६० जनाको समुहमा नगरवासीको उपस्थितिमा बिरोध कार्यक्रम गरेका छन् ।
जलेश्वर मालपोत कार्यालय र नापी कार्यालयबाट रामगोपालपुर नगरपालिकालाई दिदै आएको सम्पुर्ण सेवा मन्त्रिपरिषदको निर्णयबाट यस पालिकाको सम्पूर्ण सेवा गौशाला कार्यालय गाभिने हुँदा सो कार्यलाई सर्वदलिय बैठकबसी घोरभर्चना गर्दै यो कार्य यथाशीघ्र रोक्नकोलागि रामगोपालपुर चौकमा मसाल जुलुस र टायर बालेर बिरोध प्रदर्शन गरेका हुन्।



रामगोपालपुर चौकमा आईतवार धर्ना बस्ने कुरा पूर्व वडा अध्यक्ष एवं नेकपा एमालेका नेता जितेन्द्र चौधरीले बताए। नेकपा माओवादी पार्टीका नेता एबम पुर्व सांसद तथा संविधान सभा सदस्य लालेन्द्र मण्डलले भने कि जलेश्वर मालपोत कार्यालय र नापी कार्यालयबाट रामगोपालपुर नगरपालिकालाई दिदै आएको सम्पूर्ण सेवा रामगोपालपुर नगरपालिकामा नै मालपोत कार्यालय र नापी कार्यालय स्थापना गरिनु पर्ने माग रहेको छ।









