महोत्तरी- गौशाला नगरपालिकाका कर्मचारीले सेवा ठप्प पारी गर्दै गरेको विरोध तथा धर्ना कार्यक्रम तीन दिनको लागि स्थगित गरिएको छ ।
गौशला नगरपालिका उपमेयर रेणु कुमारी महतोले राजस्व शाखाका नायवसुब्बा दीपेन्द्र यादवलाई सोमवार कार्यकक्षमै दुर्व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरुले विरोधमा एक हप्तादेखि निरन्तर रुपले सेवा ठप्प पार्दै आन्दोलन गर्दै आएका थिए ।



आइतवार कर्मचारीहरुले नगरप्रमुख डा. दिपेन्द्र महतो लगायत वडाअध्यक्षहरुको सामुहिक वार्ताको आधारमा तीन दिनका आन्दोलन स्थगित गरिएको नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए ।
यद्यपी शिरीष न्युजलाई प्राप्त वार्ता सहमतीको माइन्युटको प्रतिलिपिमा अधिकांश जनप्रतिनिधि र कर्मचारीहरु अनुपस्थित नै देखिएको छ ।
वार्तामा भएका सहमती अनुसार सोमवार देखि ३ दिन भित्र समस्या समाधान नभए पुन: आन्दोलनमा उत्र्ने उल्लेख गरिएको छ।
हेर्नुहोस् वार्ता सहमतीको माइन्युट जस्ता त्यस्तै






