ढल्केवर, धनुषा- धनुषाको वटेश्वर गाँउपालिका मा रहेको वटेश्वर युवा सञ्जालले छठ पर्वको शुभ उपलक्ष्यमा विविध कार्यक्रमहरूको आयोजना गर्न लागेको छ।

कार्यक्रमको तालिका अनुसार रक्तदान कार्यक्रम,रक्त समुह परिक्षण,स्वास्थ्य शिविर ,बटेश्वर मन्थन र खुल्ला हाजरी जवाफ प्रतियोगिता गर्न लागेको छ। आउदो महिनाको १ गते अर्थात् मङ्सिर १ गते बिहान ११ बजे देखि वटेशवर गाउँपालिका -४ वटेशवर बजार मा रक्तदान कार्यक्रम,नि:शुल्क रक्त समुह परिक्षण, नि:शुल्क स्वास्थ्य शिविर र बटेश्वर मन्थन कार्यक्रम राखिएको छ भने मङसिर ४ गते बिहान १०:३० बजेदेखि सोहि पालिकाको वार्ड -२ स्थित कार्तिककुमार बजारमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता को आयोजना गरिएको छ।

“बटेश्वरको विकास, समृद्धि र रुपान्तरणका लागि गहन बहस” आवश्यक रहेकोले वटेशवर मन्थनको आयोजना गर्न लागेको कुरा कार्यक्रम संयोजक सरोज कुमार महतो बताउँछन्। उनका अनुसार कुनै पनि समस्याको निकास र विकासको पुर्वाधारका लागि संवाद , छलफल/मन्थन नै उत्कृष्ट विकल्प रहेको हुनाले कार्यक्रम गर्न लागेका छौं। साथै “तपाईको स्वस्थ्य नै हाम्रो खुशी” भन्ने उदेश्य लिएर स्थानीयवासीहरुलाई निःशुल्क स्वस्थ्य शिविर र निशुल्क रक्त समुह परिक्षण को व्यवस्था समेत गरिने छ।

"आज अरुको लागि भोलि आफ्नो लागि" उदेश्यले रक्तदान कार्यक्रमको आयोजन समेत गरेका छौं। गाँउपालिका भित्रका जनताहरू कामको व्यस्तताले आफ्नो रक्त समुह बारे अनविज्ञ रहँदै आएको मा स्थानियवासीलाई सहज र सरल तरिकाले स्थानिय स्तरमै यसको लाभ लिन सकोस् भनेर हामीले यस्तो कार्यक्रम विगतको ५ वर्षदेखि गर्दै आईरहेका छौ।

विधार्थीहरुलाई मध्यनजर गर्दै अतिरिक्त क्रियाकलाहरु अन्तर्गत खुला हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम समेत रहेको छ भने बटेश्वर गाउँपालिका भित्रमा पर्ने मा.वि.हरुबाट एस.ई.ई. मा छात्र र छात्रामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाई सम्मान सहित पुरस्कृत गर्ने कार्यक्रम समेत रहेकोले विधार्थीहरुले आफ्नो मार्कसिट पठाउनलाई वटेशवर युवा सञ्जालले अनुरोध गरेका छन्।




