महोत्तरी – ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज मटिहानी नगरपालिकाले एक कार्यक्रम आयोजना गरी अपाङ्गलाई कम्बल (Blanket) वितरण गरेको छ ।

मटिहानी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा मटिहानी नगरपालिकाका ४० जना अपाङ्गहरुलाई कम्बल (Blanket) मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) श्री हरि प्रसाद मंडलले वितरण गर्नु भयो ।



यसै अवसरमा बोल्नु हुँदै नगर प्रमुख मंडलले अपाङ्गहरुलाई सहयोग गर्न र उनीहरुलाई अगाडी बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.१ का वड़ा अध्यक्ष शिवशंकर राय, प्रमुख प्रशासकिय अधिकृत चन्द्रशेखर शर्मा, स्वास्थ्य शाखा प्रमुख श्री पवन मण्डल,योजना अधिकृत राजेश शर्मा, महिला वालवालिका तथ ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, अपाङ्ग समन्वय समितिका सदस्य नजामुद्दीन अंसारी लगायतका वक्ताहरुले अपांग दिवस बारे प्रकाश पार्नु भयो ।
यस अघि अपांग दिवस कै अवसरमा जनचेतना मूलक रैली समेत निकालिएको थियो ।





