महोत्तरी- औरही नगरपालिका २ स्थित चेपकटमा बिपन्न दलितका लागि ३० घर निर्माण हुने भएको छ । आ.ब २०८०/२०८१ को ‘‘औरही नगरपालिका अन्तर्गतका बिपन्न दलित परिवारका घरघुरीहरुलाई अवासको लागि भवन निर्माण”का लागि २ करोडको लगानीमा ३० घर निर्माण हुने भएको हो।
उक्त आवास निर्माणका लागि औरही नगरपालिकाका मेयर प्रदिप कुमार खड्काले एक कार्यक्रमका बीच सोमवार शिलान्यास गरेका छन् । दलित घरपरिवारको लागि दलित आवास शिलान्यास गर्दै मेयर खड्काले विपन्नहरुलाई राम्रो वासस्थान नभएर दुःख भोग्नु परेको हुँदा आवास निर्माण गरिने बताए ।




मेयर खड्काले भने,’ हाललाई नगरपालिकाले दलित आवास कार्यक्रम नगरपालिकाले विनियोजन गरेको बजेटबाट आवस निर्माणको कार्य शुरूवात गरेको छौं, बाँकी रहेको अरु लक्षित परिवारको लागि पनि नगरपालिकाले सहयोग गर्नेछ ।

‘ नगर प्रमुख खड्काले भने जनताको जीवनस्तर उकास्ने कार्यहरूमा आगामी दिनमा पनि यस्तै कार्य गर्ने बताए। औरही नगरपालिका २ का वडा अध्यक्ष दरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा औरही नगरपालिकाका ईन्जिनियर सन्तोष यादव लगायतकाले मन्तव्य व्यक्त गरे ।

औरही नगरपालिकाका वडा २ चेपकटका स्थानीयले नगरपालिकाले गरिव जनताको आवास निर्माणमा सहयोग गर्न आएकोमा नगरपालिका लाई धन्यवाद व्यक्त गरेकाछन् । शिलान्यास कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत,वडाका वडासदस्य लगाएत स्थानीय राजनीतिकर्मी र स्थानीयहरुको सहभागीता रहेको थियो।






