प्रतिकात्मक तस्बिर
महोतरी- रामगोपालपुर नगरपालिका-३ दोलाठीमा शनिवार बेलुका ८:१० बजेको समयमा सवारी साधनको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
शनिवार बेलुका ८:१० बजे जलेश्वर-बर्दिबास सडकमा नम्बर नखुलेको चार पांग्रे सवारीले प्र २ -०२-००३प २३४१ को मोटरसाइकललाई ठक्कर दिएका थिए । ठक्करबाट मोटरसाइकलमा सवार दुई जना मध्ये रामगोपालपुर ८ बिर्ता निवासी अमित कुमार मण्डलको मृत्यु भएको छ।
मोटरसाइकलमा पछाड़ी सवार बिर्ता कै अजय मण्डल घाइते भएको छ। घाईते मण्डलको उपचार धनुषाको जनकपुर स्थित काव्या हॉस्पिटलमा उपचार हुदैछ। उनको अबस्था गम्भीर रहेको छ।
दुर्घटनापश्चात् फरार रहेका सवारीसाधन सहित चालकको खोजी भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको महोत्तरी प्रहरीले जनाएको छ।




