“किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरि,
हो अविर झोरि, मिथिलामे राम खेलयै होरि हो मिथिलामे राम खेलयै होरी ।
राम जीके हाथ कनक पिचकारी, सिया जि के हात अविर झोरि हो
अविर झोरी मिथिलामे राम खेलयै होरि हो मिथिलामे राम खेलयै होरी ।”
मैथिली भाषाको यो होलीको गीत गाउँदै मिथिला माध्यमिकी परिक्रमावासी रङ अविर र गुलाल उडाउँदै होली खेलेपछि महोत्तरीको कन्चनवन आइतवार होलीमय बन्यो । सबेको अनुहार रङ्गीचङ्गी देखिन्थ्यो , कसैको रातो, कसैको हरियो, कसैको पहेलो रङ र गुलालले शरीर नै रङ्गीन देखिन्थ्यो ।









