
महोत्तरीको बर्दिवासमा हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखी २९ गतेसम्म आयोजना हुने शिव पुराण माहायज्ञमा सहभागीहरुको लागि यातायात व्यवसायीहरुले ३० प्रतिशत छुट गर्ने घोषणा गरेका छन ।
भिमान देखी धनुषा र बर्दिवास नगर क्षेत्रका जुनसुकै वडावाट माहायज्ञमा सहभागी हुन चाहनेहरुका लागि ३० प्रतिशत यातायात भाडा छुट गर्ने आज घोषणा गरेका हुन ।
माहायज्ञ मुल आयोजक समितिसँग भएको छलफलमा सुनौलो विपी यातायात, अटो एनएसटिडी सेवा, कविता यातायात प्रा.लि. र माईक्रो वसमा भवानी यातायात प्रालिले कथा श्रवण गर्न आउनेहरुको लागि उक्त छुट दिन सहमति गरेको आयोजक समितिका संयोजक हिरा गौतमले जानकारी दिए ।
सडक मानव, बृद्व र असहायहरुको उद्धार, संरक्षणको लागि झन्डै ११ करोड लगानीमा निर्माण हुन् लागेको हाम्रो माया घरको आर्थिक संकलनार्थ आयोजना गरेको माहायज्ञको पुर्वसन्ध्यामा नै सहयोगको क्रम बढेको छ ।
२५ देखि ३० लाख लागत अनुमान गरिएको माहायज्ञको लागि पारम्भिक चरणमा नै सहयोगको घोषणा हुन थालेको छ । द पब्लिक टुडे पत्रिकाका अध्यक्ष रामनारायण महतोले हिजो मात्र ११ हजार १११ सहयोग घोषणा गरेको मुल आयोजक समितिले जनाएको छ ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहेको उक्त माया घर निर्माणार्थ नगर क्षेत्रका स्थानीयहरू उत्साहित देखिएका छन । अहिले माहायज्ञ सफल वनाउन विभिन्न विधामा १९ वटा उपसमिति वनाइएको छ ।
१ लाख भक्तजनहरु कथा श्रवन गर्न आउने अनुमान गरिएको माहायज्ञमा आवस्यक सम्पूर्ण व्यवस्थापन सकिएको मुल आयोजक समितिले जनाएको छ ।