सुजाता राई
विराटनगर । निर्माणाधीन किरात राई बान्तावा खिम इटहरी–१० स्थित साकेन्वा साँस्कृतिक पार्कमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।



किरात राई बान्तावा खिम विराटनगर महानगर कार्यसमितिको आयोजनामा गरिएको कार्यक्रममा सहभागीहरूले श्रमदान गर्दै पार्कलाई हरियालीमय बनाउन वृक्षरोपण र सरसफाइ कार्यमा हातेमालो गरेका थिए।

कार्यक्रममा किरात राई बान्तावा खिम केन्द्रिय अध्यक्ष ज्ञान किराँती तथा भवन निर्माण उपस्थिति अध्यक्ष सुवास राई सन्तोषको उपस्थिति विशेष रह्यो। सो अवसरमा विराटनगर महानगर कार्यसमितिका उपाध्यक्ष खड्ग बहादुर बान्तावा राई, सचिव सुजाता बान्तावा राई, कोषाध्यक्ष जस ब. बान्तावा राई, सह–सचिव द्वय जगत ब. बान्तावा राई र खड्ग बान्तावा राई, सदस्यहरू सरिता राई, धर्मराज बान्तावा राई, देवराज बान्तावा राई र राण ब. बान्तावा राईको सहभागिता रहेको थियो।
कार्यक्रमले सामूहिक श्रम र हरियाली अभियानलाई प्रोत्साहन गर्दै पार्कलाई स्थानीय समुदायको आकर्षण केन्द्र बनाउन लक्ष्य लिएको आयोजकहरूले बताएका छन् ।





