काठमाडौँ – राजधानीको भद्रकालीमा जेनजीबिच नै कुटाकुट भएको छ । भद्रकालीमा भेला भएका केही जेनजीबिच बिहीबार दिउँसो आपसी विवाद हुँदा कुटाकुट भएको हो ।
सार्वजनिक भिडियोमा सुरुमा विवाद भएको देखिन्छ भने त्यसपछि एक जेनजीमाथि निर्घात कुटपिट भएको देखिन्छ ।
जेनजी आन्दोलन सफल भएपछि नयाँ सरकारको नेतृत्व कसले लिने भन्ने सवालमा जेनजीहरुबीच विवाद रहँदै आएको छ ।



धेरै समूहमा रहेका जेनजीहरु एकअर्काले नयाँ नयाँ नाम ल्याइरहेका छन् । सोही नामका समयमा आन्तरिक विवाद बढ्दा कुटाकुटकै अवस्था आएको हो ।





