महोत्तरी - महोत्तरीको क्षेत्र ३ बाट प्रतिनिधीसभा निर्वाचनमा मनोनयन दिने तयारीमा लागेका स्त्रीरोग विशेषज्ञ डा. सरोज ठाकुरले देशको विकास शिक्षा र स्वास्थ्यमा लगानीलेमात्र सम्भव भएको बताएका छन । राजनितिमा आउनुको कारण वारे सोधिएको प्रश्नमा उनले देशको स्वास्थ्य र शिक्षामा न्युन लगानी भएकोले स्वास्थ्य र शिक्षालाई उत्कृष्ट बनाउन निति बनाउन तथा निति अनुसारको लगानी आवश्यक रहेकोमा आफु स्वास्थ्य र शिक्षाको नितिमा सुधार तथा सुधारिएको नितिलाई कार्यान्वयनमा ल्याउन राजनितिमा होमिएको बताए ।
चिकित्सकिय माध्यमबाट आर्थिक रुपले विपन्नलाई सहयोग गर्दै आएका डा.ठाकुरले समाजमा सुधार र विकासको लागि राजनिति सशक्त माध्यम भएको भन्दै उनले ग्राउण्डमा सेवा गर्दा निति र निति कार्यान्वयनमा समस्या देखेकोले आफै ठाउमा पुगेर त्यसमा सुधार गर्न प्रयास गर्ने बताए ।

उनले भने,‘ पार्टी वा स्वतन्त्र राजनिति वारे अझै गहन विमर्शमा छु । उम्मेदवारी पक्का छ तर सवैको सुझाव र मार्गदर्शन अनुसार पार्टीको हात थाम्दै अगाडी बढ्ने वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने निर्णय लिन्छु । ’

महोत्तरी क्षेत्र ३ मा संघियता पछि विकास नभएको भन्न नमिल्ने भएपनि विकास थोरै र सुस्त भएकोले जनतामा नैराश्यता आएको उनले थपे । उनले सडक निर्माण,धर्मशाला निर्माण र मन्दिर तथा मस्जिद निर्माणमात्र विकास नभएको भन्दै मानिसको आधारभुत आवश्यक्ताहरु शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरि पुरा गर्न सक्ने बताउदै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विकास गरियो भने यस क्षेत्रका नागरिकले कमाउने र बचाउने बाटो रोज्न सक्ने गरि सक्षम हुने बताए ।
महोत्तरीकै मटिहानी नगरपालिका ९ बहुअर्वा निवासी डा.ठाकुर सामजिक रुपमै समेत सकृय रहदै आएका छन । महोत्तरी क्षेत्र ३ बाट पछिल्लो दुई पटक देखि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुदै आएकोमा ठाकुरले राष्ट्रिय सभामा मनोनयन गराएका छन । यता यसै क्षेत्रबाट नेपाली काँग्रेस,एमाले,नेकपा,जसपा,जनमत लगायतको दलबाट विभिन्न सम्भावित उम्मेदवारहरुको नाम चर्चामा रहेकोमा कुन पार्टीबाट कसले टिकट पाउने अझै खुलेको छैन ।




