काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन् ।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा पहिला विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरे । त्यसपछि गगन थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान चलाउने उल्लेख छ ।
‘नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यसको मुख्य उद्देश्य निराशा, घृणा, प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षको दियो जगाउनु राजनीतिलाई जनमुखी, समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई जनमुखी र समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ ।
यस्तै महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा एक पटकको समानुपातिक अन्तिमपटक समानुपातिकको उम्मेदवार हुने उल्लेख छ ।
‘प्रत्यक्ष या समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल हुने । (एकपटक समानुपातिक/अन्तिमपटक समानुपातिक),’ उनले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । यी दुवै प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुनेछ ।




