ढल्केवर। धनुषाको मिथिला नगरपालिकाले वडा नं. २, नक्टाझिजमा रहेको सत्लोक आश्रम लाई निर्माण कार्य तथा अन्य गतिविधिहरू तत्काल रोक्न निर्देशन दिएको छ।
नगरपालिका मेयर महेन्द्र महतोद्वारा हस्ताक्षरित पत्र मार्फत आश्रमको भवन नक्सा पास बिना निर्माण कार्य गरेको बिषयमा आपती जनाउदै कानुन विपरित भएको भन्दै उक्त रोक लगाएको हो।
गत २६ गते शनिबारका दिन आश्रमका अनुयायी र स्थानीयवासी बीच एलानी जग्गा बिषयमा झडप भएको थियो ।जसमा करिब एक दर्शन ब्यक्ति घाइते भएका थिए ।





