महोत्तरी - महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बर्दिवास आउँदै हुनुहुन्छ।
उनि स्थानीय प्रचार प्रसार कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित भएर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगर प्रमुख तथा सुनिल कुमार यादवले जानकारी दिनुभयो। उहाँले सभापति थापाले प्रदेश र केन्द्रका विकास योजना, पार्टीका नीतिहरू र आगामी निर्वाचनको महत्वबारे मतदातालाई अवगत गराउने बताउनुभयो। अध्यक्ष थापाको बर्दिवास आगमनसँगै स्थानीय कांग्रेसका युवा र महिला कार्यकर्ता उत्साहित देखिएका छन्।
उनीहरूले मतदातामा पार्टीको सन्देश पुर्याउने र क्षेत्रीय विकासका योजना समेटेर चुनावी रणनीति प्रस्तुत गर्ने योजना बनाएका छन्। विगतमा विभिन्न विकास र सामाजिक कार्यमा सक्रिय रहेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा पनि क्षेत्रीय जनसमर्थन जुटाउन अध्यक्ष थापाको सम्बोधन निर्णायक हुने विश्वास लिएको छ।
स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताले सभापति थापाको उपस्थितिलाई क्षेत्रीय विकास र राजनीतिक सक्रियताको अवसरका रूपमा लिएका छन्। निर्वाचन नजिकिँदै गएसँगै बर्दिवासमा राजनीतिक माहोल तातेको छ।




