जनकपुरधाम। छिल्लो केहि समय देखि जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी वीच जुहारी चलेको छ ।
जनमतका कार्यकर्ताहरुले जनकपुरधाममा खानेपानीका कर्मचारीलाई दुव्र्यवहार गरि घुमाउँदा जसपाले विरोध गरे ।



यता अख्यितारले मूख्यमन्त्री कार्यालयमा छापामारी गर्दा जनमत पार्टीले अख्तियार काम प्रति सदाशयता देखाउँदै कामको प्रशंसा गरे । यता जसपाले अख्तियारको कामको चर्काे विरोध गरे ।
त्यसैगरी जनमत पार्टीले केहि दिन देखि किसान आन्दोलन गर्दै बन्द, हडताल र प्रदर्शन गर्दै आएको छ। यस किसान आन्दोलनको विरोधमा जसपाले सप्तरीमा प्रदर्शन गरे । फेरि यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रौतहटमा जनमत पार्टीका नेतृत्वकर्ता डाक्टर सिके राउत लगायतका कार्यकर्ताहरु प्रति ज्यान मार्ने शैली कै अभिव्यक्ति दिईन् ।
https://www.facebook.com/104607344773010/videos/319453830095956
यसरी हेर्दा मधेशको राजनीति कत्ता जाँदैछ भनेर चौतर्फी प्रश्न उठ्न थालेको छ ।
मन्त्री यादवले दिएको गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्तिको अहिले व्यापक विरोध हुन थालेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रीको अभिव्यक्ति आपतिजनक र किसान आन्दोलनलाई दबाउने मनसायले दिएको बताए ।
डा. राउतले सत्ता आडमा मन्त्री यादवले दम्भ देखाउन खोजेको आरोप लगाए । उनले भने, तर हामी किसानको माग पुरा नभए सम्म पछि नहट्ने बताए ।
यता मन्त्री यादवले दिएकी अभिव्यक्ति प्रति लोसपाका प्रमुख सचेतक परमेश्वर साहले लोकतन्त्रमा सबैलाई आफ्नो माग राख्ने, शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार भएको बताउँदै उनले त्यस्तो आन्दोलनलाई दबाउने हिसाबको धाकधम्की पूर्ण अभिव्यक्त व्यक्त गरिनु गलत भएको बताए ।
त्यसैगरी नेकपा एमालेकी नेतृ ज्वाला साहले मन्त्री अभिव्यक्तिलाई सभ्य राजनीतिको परिपेक्ष्यबाट अशोभनीय भएको बताईन् ।
नेपाली काँग्रेसका धनुषा जिल्ला सभापतिका उम्मेदवार समेत रहेका योगेन्द्र पजियारले राउतको गतिविधि केहि अराजक भएपनि मन्त्री यादवले दिएकी अभिव्यक्ति पनि उचित नभएको बताए । उनले अराजकताले कसैको हित नगर्ने बताए ।
त्यस्तै नेकपा माओवादीका नेता रामकुमार शर्माले पनि गौर घटना इतिहासको कालखण्डमा भएको दुःखद घटना भएको बताए । उनले कुनै घटनालाई लिएर यसरी अभिव्यक्ति दिनु उत्तेजना फैलाउनु बाहेक अरू केही नभएको बताउँदै उनले मन्त्रीबाट यस्तो उत्तेजना फैलाउने अभिव्यक्ति दिनु गलत भएको बताए ।
तर मन्त्री यादवले भने आफूले आफूले नरसंहार गर्ने, हिंसा भड्काउने खालको कुनै भनाइ नराखेको बताईन् । उनले केहि दिन देखि मधेसमा अराजकता मच्चाइ रहेको सीके राउतको सङ्गठनलाई आफ्ना हर्कत माथि नियन्त्रण गर्न आग्रह मात्र गरेको बताईन् । मन्त्री यादवले भनिन्, ‘तुफानसँग भिड्न आए मात्रै ठूलो घटना हुनसक्छ भनेर सचेत मात्र गराएकी हुँ। मैले सीके राउतको कार्यकर्ता र उहाँ माथि आक्रमण वा ज्यान मार्ने जस्तो अभिप्रायले केहि बोलेको छैन ।’
https://shirishnews.com/banner-news/11821.html/




