जनकपुरधाम- काेराेना भाइरस महामारीका कारण नेपाली कांग्रेले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको छ। यसअघि १५ माघमा अधिवेशन गर्ने मिति तय भएको थियो।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।



याशिल सदस्यता विवादका कारण १४ औं महाधिवेशनअघि प्रदेश नम्बर २ का ८ जिल्ला सहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेको थिएन।
यी जिल्लाहरूमा १५ माघमा निर्वाचन गर्ने तय भएको थियो।





