काठमाडौँ – एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका हेमराज अवस्थीलाई प्रहरीले नै रगत दिएर ज्यान बचाएको छ।
बिहीबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका २८ वर्षीय अवस्थीलाई प्रहरी गण नं. १ नक्सालमा कार्यरत २३ वर्षीय प्रहरी जवान समीनाथ यादवले रगत दिएका हुन्।



डडेलधुराको नवदुर्गा गाउँपालिका–५ सिरोला घर भई हाल ललितपुरको टिकाथली बस्ने अवस्थी बिहीबार बिजुली बजारमा आन्दोलनका क्रममा गम्भीर घाइते भएका थिए।
उनलाई सुरुमा नयाँ बानेश्वरको एभरेस्ट हस्पिटलमा लगिएकोमा त्यहाँबाट राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो। पछि उनलाई शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको थियो।
शल्यक्रियाका लागि अवस्थीलाई आवश्यक एक पिन्ट ‘ओ’ नेगेटिभ रगत रगत प्रहरी जवान यादवले दिएका हुन्।
घाइते अवस्थीको स्वास्थ्य अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ। – नेपालखबर




