काठमाडौं। पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि भएको छ।
नेपाल आयल निगमले आज नयाँ मूल्य सार्वजनिक गरेको हो। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य १५० रुपैयाँ बनाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको भन्दै निगमले दुई दिनअघि मूल्य बढाउने संकेत गरेको थियो। नयाँ मूल्यअनुसार हवाई इन्धन प्रतिलिटर १३६ रुपैयाँ तोकिएको छ।




