काठमाडौं। चुनाव नजिकिदै गर्दा दल बदल्ने क्रम जारी रहेको अवस्थामा पूर्व मन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा (एमाले) प्रवेश गर्दैछन्।
मंगलबार दिउँसो १ बजे काठमाडौँस्थित एमाले मुख्यालयमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।



पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धर लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति पार्टी प्रवेश गराउन लागिएको हो।
रिजालका अनुसार पूर्व मन्त्री सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको हो।




