जनकपुरधाम- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा निवर्तमान मेयर योगेन्द्र पजियारले मनोनयन दर्ता गराएका छन् ।




सोमबार दिउँसो महेन्द्रनगर स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर पजियारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पजियारसँगै उपमेयरमा नेपाली काँग्रेसबाट उपमेयरको टिकट पाएकी रचना श्रेष्ठ माथेमाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
पजियार र माथेमा दुबैजना काँग्रेसबाट २०७४ को निर्वाचनमा निर्वाचित भई कार्यकाल पुरा गरिसकेका छन् ।
नेपाली काँग्रेसका कार्यकर्ता दलबल सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका पुगेका थिए । नेपाली काँग्रेसका कार्यकर्ताको तर्फबाट नगरपालिकाको १० वटै वडाको वडा अध्यक्ष र सदस्य पदमा समेत उम्मेदवारी दिएको नेपाली काँग्रेस क्षीरेश्वरनाथ नगरपालिकाका नगर सचिव गोबिन्द गिरिले बताए ।
नेकपा एसबाट शिव शंकर महतोको मनोनयन दर्ता
नेकपा एसबाट क्षीरेश्वरनाथ नगरपालिकाको मेयरको टिकट पाएका शिवशंकर प्रसाद सिंहले मनोनयन दर्ता गराएका छन् ।

सोमबार दिउँसो महेन्द्रनगर स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर सिंहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
सिंहसँगै उपमेयरमा नेकपा एसबाट निर्मला यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।
एमालेबाट सुखदेव यादवले गराए मनोनयन दर्ता
क्षीरेश्वरनाथ नगरपालिकाका मेयर पदमा नेकपा एमालेको तर्फबाट सुखदेव यादवले मनोनयन दर्ता गराएका छन् । यस्तै एमालेले उपमेयरमा सोनाली चौधरीले टिकट दिएकोमा उनले उम्मेदवारी दर्ता गराएकी छिन् ।





