काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि सोमबार सम्पन्न मनोनयनको कार्यक्रममा १ लाख ३७ हजार बढीले मनोनयन दर्ता गराएका छन्।
मंगलबार बिहान साढे ७ बजेसम्म १ लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गराएको विवरण आयोगले उपलब्ध गराएको छ । आयोगले अझै विवरण संकलन जारी रहेको जनाएको छ।



आयोगका अनुसार प्रमुख पदमा ३ हजार २७६, अध्यक्षमा ३ हजार २६४, उपप्रमुखमा २ हजार ९, उपाध्यक्षमा २ हजार २९६ जनाको उम्मेदवारी परेको छ। यस्तै बाँकी उम्मेदवारी सदस्यमा परेको छ।




